रेखाको गोप्य विवाहको शैली फलो गर्दै नायिकाहरु

नायिका रेखा थापाले केही महिना अगाडि मात्र अदालती बिहे गरिन् । रेखाको दोश्रो बिहे भएकाले पनि उनले धुमधामसँग वैवाहिक समारोह आयोजना गरिनन् । प्रेमी बलराम शाही ठकुरीसँग रेखाले गोप्य बिहे गरिन् । उनले, बिहे गरेको खबर केही दिनपछि मात्र बाहिरियो । रेखा आफूले धुमधामसँग बिहे गर्दा समाजमा सकारात्मक प्रभाव पर्दैन भन्नेमा चनाखो थिइन् । यसैले, प्रेमी बलरामसँग अदालती बिहे गरेकी हुन् ।

तर, रेखाको गोप्य बिहेको शैली अन्य नायिकाहरुले पनि पछ्याउन थालेका छन् । नायिका केकी अधिकारीले बिहिबार बिहे गरिन् । तर, केकीले पनि बिहेलाई गोप्य बनाइन् । ग्रान्डी अपार्टमेन्टमा उनले प्रेमी रोहित तिवारीसँग बिहे गरेकी हुन् । बिहेमा उपस्थित पाहुनाहरुको समेत मोबाइल अफ गर्न लगाएर केकीले बिहे गरिन् । केकीले पनि गोप्य बिहे गर्न चाहेको बताउँदै आएकी थिइन् ।

केकीपछि अर्की नायिका वर्षा सिवाकोटीले आज बिहे गर्दैछिन् । उनले पनि बिहेको तस्वीर सार्वजनिक नहोस् भन्नका लागि ठूलै कसरत गरेकी छिन् । वर्षाको बिहेमा सिमित आफन्तलाई मात्र खबर गरिएको छ । अमेरिकामा रहँदै आएका इन्जिनियर यूवकसँग वर्षाले बिहे गरेकी हुन् । वर्षाले बिहेलाई यति गोप्य राख्न खोज्नुको कारण के होला, यो उनले नै जान्ने कुरा भयो । तर, वर्षाले पनि रेखाको जस्तै गोप्य बिहे गर्नु नै उत्तम ठानिन् ।

नायिकाहरु बिहेलाई भव्य बनाउन कुनै कसर बाँकी राख्दैनथ्य । नायिका प्रियंका कार्की, ऋचा शर्मा, आँचल शर्मा, वर्षा राउत लगायतका कलाकारले बिहेलाई भव्य बनाए । वर्षाको बिहेमा पनि मिडियालाई निषेध गरिएतापनि उनले बिहे गर्न लागेको खबर सामाजिक संजालबाट नै गराएकी थिइन् ।

तर, केकीले भने बिहे गरिसकेपछि मात्र फ्यान र मिडियालाई बिहे गरेको जानकारी दिइन् । अब, वर्षाले आफूले बिहे गरेको जानकारी कसरी गराउँछिन्, त्यो बेलुकी थाहा हुनेछ ।