मदनदास श्रेष्ठ राप्रपाबाट काठमाडौंको मेयरमा लड्ने

कलाकार मदनदास श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बन्ने भएका छन् । महानगर समितीको बिहिबार बसेको बैठकले उनको नाम मेयर पदमा सिफारिश गरेको हो ।

पार्टीको शिर्ष तहमा श्रेष्ठसहित केदारबहादुर अधिकारी र पूर्व एसएसपी दीपक रञ्जितको नाम पनि छलफलमा थियो । तर, पार्टीमा लामो समयदेखि सक्रिय रहेकाले पनि कलाकार श्रेष्ठलाई मेयर पदमा उठाउने निर्णय राप्रपाले गरेको हो ।

स्थानीय निर्वाचन नजिकिएसँगै विभिन्न कलाकारहरु विभिन्न पार्टीमा प्रवेश गरिरहेका छन् । यस्तै, केही कलाकारहरु निर्वाचनमा होमिने तयारीमा पनि छन् । नेपाली रंगमञ्च, रेडियो नाटकदेखि फिल्ममा समेत काम गरेका मदनदास श्रेष्ठ लामो समयदेखि राप्रपा पार्टीमा सक्रिय रुपमा लागेका थिए ।