सौगात, बुद्धि र दीयाको ‘मन्त्र’ सेन्सर पास

सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर फिल्म ‘मन्त्र’ सेन्सर पास भएको छ ।

यही बैशाख १६ गतेबाट प्रदर्शनमा आउने फिल्मले यूनिभर्सल सर्टिफिकेट पाएको हो । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई सबै दर्शकले हेर्न मिल्ने गरि प्रदर्शन स्वीकृति दिएको छ ।

खिल बहादुर गुरुङको निर्देशन रहेको फिल्मले हिमाली प्रेमकथा बोल्नेछ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायाँकन गरिएको फिल्ममा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामाको पनि शीर्ष भूमिका रहेको छ ।

परिच्छेद सेनको कथा रहेको फिल्ममा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन एवं मित्र डि.गुरुङको सम्पादन छ ।

‘मन्त्र’ मौलिक नेपाली फिल्म बनेको बताउँदै दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त देखिएको छ ।