आज वर्षा सिवाकोटीको बिबाह

नायिका वर्षा सिवाकोटी आज वैवाहिक जीवनमा बाँधिदैछिन् । अमेरिकामा रहदै आएका यूवकसँग वर्षाले बिहे गर्न लागेकी हुन् । वर्षाले आफ्नो बिहेलाई गोप्य राख्ने कोशिश गरिरहेकी छिन् । बिहेलाई यति धेरै गोप्य राख्नुपर्ने कारण वर्षालाई नै थाहा होला ।

वर्षाको बिहेमा उनका नजिकका आफन्तलाई मात्र खबर गरिएको छ । निक्कै नै कम मानिसहरुको उपस्थितीमा वर्षाले बिहे गर्न लागेको वुझिएको छ । वर्षाले बालुवाटार घर भएका र विगत केही बर्षदेखि अमेरिकामा रहँदै आएका यूवकसँग लगनगाँठो कस्न लागेकी हुन् ।

वर्षा केही हप्ता अगाडि अमेरिका पुगेर फर्किएकी थिइन् । उनले, अमेरिका जानुको कारण पारिवारिक भेटघाट भएको बताएकी थिइन् । तर, उनी बिहेका लागि कुरा गर्न अमेरिका पुगेकी प्रष्ट भएको छ । वर्षाले पनि बिहे पश्चात मात्र फोटो सार्वजनिक गर्ने तयारी गरेको वुझिएको छ ।