‘सूर्यकुमारी’ नाम राखिन् करिश्माले फेसबुकमा

हालसालै नेकपा एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफ्नो न्वानरको नाम ‘सूर्य कुमारी’ भएको बताएकी थिइन् ।

उनले कपिलवस्तुमा एमालेका कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा चैत १४ गते उनले भनेकी थिइन्‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है । सूर्यले सोलार सिस्टमलाई धानेको छ । सूर्यले नेपाललाई धान्नेछ । लालसलाम ।’

करिश्माले आफ्नो नाम ‘सूर्य कुमारी’ भएको अभिव्यक्ती दिएपछि उनको समर्थक तथा विरोध गर्नेले खिल्ली उडाउने काम गरेका थिए । सो समय उनले दिएको अभिव्यक्तिको सामाजिक सञ्जालमा निकै चर्चा भएको थियो । उनको न्वारनको नामले चर्चा राम्रै बटुल्नुका साथै समाचार तथा गसिप समेतले तहल्का पिटे ।

उनले सामाजिक सञ्जालमा चर्चा गर्ने सबैलाई कडा व्यङ्ग्य गर्दै लेखेकी थिइन्, ‘सूर्य कुमारी’ मेरो न्वारानको नाम थाहा पाउँदा धेरैलाई पोल्यो । भिटामिन डी प्राप्त भयो । राम्रो हो ।’ अहिले भने उनले आधिकारिक रुपमै सामाजिक संजालमा आफ्नो नाम ‘सूर्य कुमारी’ थपेकी छन् ।

अहिले करिश्माले आफ्नो सामाजिक सञ्जालमा आफ्नो नाम परै राखे पनि कोष्टमा ‘सूर्य कुमारी’ थपेकी छन् ।