केकीले यि व्यवसायीसँग गुपचुप कसिन लगन गाँठो

अभिनेत्री केकी अधिकारीले आज गुपचुप विवाह गरेकी छन् ।

रोहित तिवारी संग प्रेम सम्बन्धमा रहेकी केकीले पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले प्रेम सम्बन्धलाई विहेमा परिणत गर्दै लगन गाँठो कसेकी हुन् ।

रोहित पेसाले एक व्यवसायी हुन् । केकीले केही समय पछि विवाहको तस्बिर सार्वजनिक गर्ने योजना बनाएकी छन् ।

केकीनिकटका अनुसार गोप्यरूपमा विवाह गर्ने उनको पहिल्यैदेखिको योजना हो ।