फागुनसम्म व्यस्त सौगात मल्ल

अभिनेता सौगात मल्लले अंग्रेजी सिरिज गर्ने भएका छन् ।

मल्ललाई नयाँ फिल्मको अफर लिएर जाने निर्मातालाई फागुनसम्म व्यस्त रहेको जवाफ दिदै फर्काउन थालेका छन् । यसैले गर्दा मल्लले झन्डै १० महिनाको समय सिरिजका लागि छुट्याएका हुन् ।

उनले अबको समय एक वेब सिरिजका लागि दिइरहेका छन् । अर्थात् लगभग १ वर्ष मल्लले नयाँ नेपाली  फिल्मका लागि नभ्याउने भएका हुन्। तर उनको यो व्यस्तता अंग्रेजी सिरिजलाई लामो समय मागेका कारण उनले नयाँ निर्मातालाई फागनुपछि मात्र सम्पर्क गर्न आग्रह गर्न थालेका छन् ।

मल्लले भने ‘अंग्रेजी सिरिजको लागि प्रक्रिया मै छु । केही चरणको अडिसन समेत भइसकेको छ । तर, पक्का भने होइन’ । सिरिजमा कुरा भइरहेका बताए पनि टुंगो नै चाहिँ भइनसकेको जानकारी गराए । कथंकदाचित भइहाल्यो भने धोका दिए जस्तो नहोस् भनेर यस्तो पनि हुँदैछ है भनेर जानकारी गराएको हुँ । भयो भने चाहिँ उनीहरूले लामै समय मागेको, उनले बताए ।’

अंग्रेजी सिरिजको बारेमा आफूलाई पनि पूर्ण जानकारी नभएकाले यो विषयमा थप कुरा गर्न मल्लले चाहेनन् । उनले भने, ‘टुंगै नभएको कुराको बारेमा म के बोलुँ । भएपछि भनिहाल्छु नी ।’

मल्लले केही दिनअघि अंग्रजी भाषामा बन्ने नेपाली फिल्ममा पनि खेल्ने चर्चा थियो तर पारिश्रमिकमा कुरा नमिलेपछि सौगातले त्यो फिल्म छाडेका हुन् । उनले यो फिल्म नगरेपछि ‘दुई नम्बरी’ साइन गरेका थिए । यो फिल्मको पोखरामा धमाधम सुटिङ भइरहेको छ । सौगातले छिट्टै नै यो फिल्मको सेट ज्वाइन गर्दैछन् ।

यो सिरिजका लागि नेपालको कास्टिङ एजेन्सीले दयाहाङ राईलाई प्रक्रियामा सामेल गराउन खोजेको थियो । तर दयाले भने आफूसँग पहिले नै प्रतिवद्धता जनाएका थुप्रै फिल्म बाँकी रहेकाले अडिसनतिर लाग्न नभ्याउने जवाफ दिएका थिए ।