नेपालमा हिन्दी डब फिल्म चलाउन नदिन आग्रह
नेपालमा डब फिल्म चलाउन नदिन चलचित्र विकास बोर्डको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको छ ।
आज (मंगलबार) बसेको चलचित्र बिकास बोर्डको बैठकले नेपालमा हिन्दी डब फिल्म रिलिज गर्न नदिन सञ्चार तथा सुचना प्रविधि मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको हो । यदी बोर्डको सिफारिस मान्दै मन्त्रालयले त्यसलाई कार्यान्वयनमा लैजाने हो भने अब हिन्दी भाषामा डब गरिएका भारतीय क्षेत्रीय फिल्म प्रदर्शन हुने छैनन् ।
बोर्ड अध्यक्ष दाहालले भने, बैठकले अन्य भाषामा बनेर हिन्दीमा डब गरिएका फिल्म चलाउन नदिने मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको छ । नेपालमा विभिन्न भाषामा बनेर हिन्दीमा डब गरिएका फिल्म चलाउन नदिने मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेका हौँ, ‘हाम्रो उद्देश्य विदेशी फिल्मलाई प्रतिबन्ध गर्ने होइन । डब फिल्म नआउन भन्ने मात्रै हो । मंगलबार नै सञ्चार मन्त्रायललाई निर्णय पत्राचार गरेका छौं ।’
यदि, हाम्रो निर्णय लागु हुने हो भने तमिल, तेलुगु, कन्नड, मल्यालम तथा भोजपुरी लगायतका भारतका क्षेत्रीय फिल्म हिन्दीमा डब भएर नेपालमा प्रदर्शन हुने छैनन् । यसका लागि बोर्ड सधैँ सकारात्मक रहेको बोर्ड अध्यक्ष दाहाल बताउँछन् । यद्यपि, विदेशी फिल्मका रूपमा भने जुन भाषामा बनेका फिल्म हुन् त्यही भाषामा भने रिलिज गर्न पाइने बोर्ड अध्यक्ष दाहाल बताए ।
पछिल्लो समय नेपालमा भारतमा विभिन्न क्षेत्रीय भाषामा निर्माण भएका फिल्म नेपालमा हिन्दी डबमा रिलिज भएकाले नेपाली फिल्म मारमा परेको भन्दै फिल्मकर्मीले चर्को विरोध जनाएका थिए । जसको फल स्वरुप विकास बोर्डले मन्त्रालयलाई भारतका क्षेत्रीय भाषमा बनेका फिल्मको नेपाल रिलिज रोक्न माग गरेको छ ।
प्रतिक्रिया