अर्जुन कुमारजी, आफै आयोजक बनेर आफैलाई सम्मान दिन मिल्छ त ?

चलचित्र विकास बोर्डले आइतबार गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दिर्घ साधना सम्मान’ विवादित बनिरहेको छ । विशेषगरि, सम्मान वितरणमा मनपरी गरिएको भन्दै आलोचना भैरहेको छ । विकास बोर्ड आयोजक रहेको कार्यक्रममा अर्जुन कुमारले पनि सम्मान थापे । उनी, विकास बोर्डका सदस्य समेत हुन् । यसअर्थमा, उनी यो अवार्डको आयोजक हुन् ।

अर्जुनले आफै आयोजक भएर आफै सम्मान थाप्नु तर्कसंगत देखिदैन । नेपाली फिल्म क्षेत्रमा अर्जुन कुमारको योगदानलाई कम आँकलन गर्न मिल्दैन । तर, विकास बोर्डमा २ बर्ष सदस्यको रुपमा गएको समयमा उनले फिल्मीकर्मीको हैसियतामा सम्मान थाप्दा नमिलेको जस्तो देखिएको छ ।

विकास बोर्डले उत्कृष्ट कर्मचारी भनेर पनि सम्मान प्रदान गरेको छ । तर, अर्जुनलाई भने विकास बोर्डले निर्माताको हैसियतामा सम्मान दिएको हो । विकास बोर्डको उच्च पदमा रहेको समयमा आफै निर्णय गराएर आफै सम्मान थाप्ने बिषयमा अर्जुन कुमारले सोच्नु पर्ने थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट अवार्ड थाप्दै उनी खुशी देखिए ।

आफूले आफूलाई नै सम्मान दिदा त्यसले सकारात्मक सन्देश जादैन । विकास बोर्डबाट बाहिरिएपछि उनलाई बोर्डको टिमले निर्णय गरेर सम्मान दिएको भए त्यो न्यायसंगत हुन्थ्यो होला । तर, आफै आयोजक अनी आफै अवार्ड लिने कुरा मिलेन नी अर्जुनजी ।