नियम नमान्ने सबै हललाई कारबाही हुन्छः अर्जुन कुमार
चलचित्र विकास बोर्ड अन्र्तगतको हल अनुगमन समितीका संयोजक अर्जुन कुमारले नियम तोड्ने सबै हललाई कारवाही हुने बताएका छन् । मेरो फिल्मसँग कुराकानी गर्दै उनले–‘हामी कुनै एउटा फिल्म वा एउटा हलका लागि मात्र भनेर नियम ल्याउँदैनौ । तर, सरकारले तोकेको नियममा बसेर हल संचालन नगर्ने जो कोहीलाई पनि कारवाही हुन्छ ।’
संयोजक कुमारले आफूहरुले जेठ महिनाभरी देशभरका हलको अनुगमन गरिसक्ने पनि तर्क गरे । उनले भने–‘सरकारले बक्स अफिस अनिवार्य जडान गर्नुपर्ने कानुन ल्याएको छ । तर, सरकारको नियमलाई नमान्ने हलहरुलाई हामी कारबाही गर्छौ । यसका लागि देशभरका हलको अनुमगन हुन्छ ।’
सरकारले बजेटमै बक्स अफिस जडान गर्नुपर्ने बताएपनि धेरै हलहरुले अझै यो कार्यन्वयन गरेका छैनन् । यस्तै, राज्यको नियम तोडेर केही हलले मध्यरातमा तोकिएको शुल्क भन्दा बढी रकम लिएर फिल्म समेत देखाएका थिए ।
यो बिषयमा अर्जुनले भने–‘हामीले यो बिषयमा राजश्व अनुसन्धान केन्द्रलाई पत्र पठाइसकेका छौं । कारबाहीको अधिकार हामीलाई छैन । राजश्वले नै उनीहरुलाई कारबाही गर्छ ।’
अर्जुनले, सबै हलहरुलाई बक्स अफिसको सर्भरमा ल्याइने पनि तर्क गरेका छन् । ‘हामी काम गर्छौ, ढुक्क भए हुन्छ ।’ अर्जुनले भने ।
प्रतिक्रिया