के बिहे गर्दैछिन् वर्षा सिवाकोटी ?

अमेरिकामा करिब एक महिना बसेर नेपाल फर्किएलगतै नायिका वर्षा सिवाकोटीले बिहे गर्न लागेको खबरले फिल्म बजार गर्माएको छ । वर्षाले कोसँग बिहे गर्न लागेकी हुन् खुलेको छैन । तर, वुझिएअनुसार उनका आफन्तले अमेरिकामा बस्दै आएका एक यूवकको प्रस्ताव ल्याएका थिए ।

वर्षाको बिहेको तयारी समेत सुरु भैसकेको खबर मेरो फिल्मलाई प्राप्त भएपनि नायिका सिवाकोटीले भने कुरा मात्र चलिरहेको बताएकी छिन् । उनका अनुसार, बिहे पक्का भएको छैन, कुरा चलिरहेको छ ।

नेपाली फिल्म क्षेत्रको आफू कान्छी नायिका भएकाले बिहे पनि ढिलो नै गर्ने बताएकी वर्षाले अचानक बिहे गर्ने निर्णय लिएकी हुन् । नेपाली फिल्म क्षेत्रमा उनको करिअर सुखद तरिकाले नै अगाडि बढिरहेको छ ।

श्रोतका अनुसार, वर्षाको परिवारले बिहेका लागि आफन्तलाई समेत खबर गरिसकेको छ । तर, वर्षाले बिहेको मिति पक्का नभएको र कुरा मात्र चलेको बताएकी छिन् । संभवत, वर्षाले चाडै नै यो बिषयमा जानकारी मिडियालाई गराउनेछिन् ।