‘फिल्म क्षेत्रलाई मर्यादित र व्यावसायिक बनाउन सरकार तत्पर’: मन्त्री कार्की
समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फिल्म क्षेत्र मनोरञ्जनको साधनका साथै समाज रूपान्तरणको साधन समेत भएकाले यसको विकासका लागि मन्त्रालय हर सम्भव सहयोग गर्न तत्पर रहेको बताएका छन् ।
चलचित्र विकास बोर्डको आयोजनामा आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष चलचित्र तथा साधना सम्मान कार्यक्रममा मन्त्री कार्कीले नेपालको फिल्म क्षेत्रलाई अझ बढी मर्यादित र व्यावसायिक बनाउन सरोकारवाला हरूसँगको सहकार्य र छलफलबाट ठोस नीति निर्माणमा मन्त्रालय लागिरहेको पनि बताएका छन् ।
कार्यक्रममा भुवन चन्द र शम्भुजित बाँस्कोटालाई दीर्घ साधनासम्मान प्रदान गरियो । दीर्घ साधना सम्मानको राशि तीन लाख ५१ हजार एक सय ११ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया