पल प्रकरण: नाबालिगका बाबुले पनि फेरे बयान

बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा जोडिएको बलात्कार घटनाको बकपत्र गर्ने क्रममा पीडित पक्षले बयान फेरेका छन्।

आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गराउँदा पीडित भनिएकी नाबालिग गायिका र उनका बाबुले समेत बयान फेरेका हुन्।

पीडित गायिकाका बाबुले समेत बकपत्र गराउँदा बलात्कार घटना नभएको भन्दै बयान फेरेका छन्। स्रोतले भन्यो, ‘दबाब र प्रभावमा परेर जाहेरी दिएका हौं। जाहेरीमा उल्लेख भएजस्तो घटना (बलात्कार) भएको भएको छैन।’  जाहेरीमा उल्लेख भएजस्तो घटना भएको भएको छैन।’

बकपत्र गर्दा नाबालिग गायिकाले आफूले दबाबमा जाहेरी दिएको र बयान प्रहरीले आफैँ लेखेको दाबी गरिन्। पीडित पक्षले नै बयान फेरेपछि यो घटनाले नयाँ मोड लिएको छ।

पल प्रारम्भिक सुनुवाइ सकिएर पुर्पक्षका लागि कारागारमा गइसकेका छन्।

उनीहरुको बयानले आरोपी शाहलाई केही राहत पुग्न सक्ने आकलन गरिएको छ। उनीहरुले बयान फेर्नुमा होस्टाइल भएको हुनसक्ने आशंका गरिएको छ।

पल शाह प्रकरणमा ट्वीस्ट: पीडित किशोरीले फेरिन् बयान, होस्टाइल बनाइएको संकेत