पल शाह प्रकरणमा ट्वीस्ट: पीडित किशोरीले फेरिन् बयान, होस्टाइल बनाइएको संकेत

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् ।

जबरजस्ती करणीको मुद्दामा पीडित नाबालिग गायिकाले अदालतमा आफ्नो उजुरी सत्य नभएको बताउँदै बयान फेरेकी हुन्।

आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । नाबालिग गायिकाले बयान फेरेपछि यो मुद्दामा ट्वीस्ट आएको छ।

पल शाह पुर्पक्षको लागि थुनामा छन्। आज (आइतबार) जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा पीडित गायिकाले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन्। पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै शाह जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए। तनहुँमा बलात्कार कसुरमा अनुसन्धान भइरहेका बेला नवलपरासी पूर्वमा समेत शाहले बलात्कार गरेको भन्दै जाहेरी परेको थियो। दुवै घटनाको पीडित उही नाबालिग थिइन्।

१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुबै अदालत (तनुहँ र नवलपुर)मा मुद्दा दायर भएको छ। दुबै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिए। हाल उनी तनहुँ कारागारमा छन्।

यद्यपि पीडित गायिकाको परिवारले भने प्रभावमा लिएर बयान फेरेको दाबी गरेको छ। तर आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा नाबालिग गायिकाले आफूले दबाबमा जाहेरी दिएको र बयान प्रहरीले आफैँ लेखेको दाबी गरिन्।

उनको पक्षबाट गएका एक वकिलले भने– होस्टाइल भइन्, बयान पूरै रेडिमेट दिइरहेकी छन् । आफूलाई पलले करणी नगरेको भन्दैछिन् । प्रहरीमा दिएको बयान पनि होइन भन्दै जे लेखेर दिए त्यहि सारेकी हुँ भनिन् । जबकी उनले प्रहरी समक्ष आफूलाई पलले पोखरा, तनहुँ र गैंडाकोटमा गरेर तीनपटक करणी गरेको बताएकी थिइन् । एकाएक अहिले सबै उक्साहटमा हो भन्दैछिन् ।

उनले यसअघिको बयान आफ्नो नभई प्रहरीले आफैँले लेखेको आरोप लगाएकी पीडितको तर्फबाट मुद्दा लडिरहेका कानून व्यवसायीले बताइन्। अभिनेता पल शाहले आफूमाथि केही नगरेको तर अरूको अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको पीडित किशोरीले बताएकी छिन्।

बकपत्रमा आफु विरामी रहेको र  मानसिक अवस्था समेत ठिक नभएको भन्दै प्रहरीमा के-के बयान गरेको हो सो समेत थाहा नभएको उनले बताएकी थिइन्।

जाहेरीकर्ताका बुवाको भने बकपत्र लिन बाँकी छ। बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानूनी व्यवस्था छ ।