‘ए मेरो हजुर ४’ले विकेन्डमा कमायो २ करोड ४३ लाख
नायक अनमोल केसी र नायिका सुहाना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ले तिन दिने विकेन्डमा २ करोड ४३ लाख ग्रस कलेक्शन गरेको दाबी वितरकको छ । वितरक गोविन्द शाहीले ३ दिन फिल्मले बम्पर व्यापार गरेको बताए । साउथको हिन्दी डब फिल्म ‘केजीएफ २’ नेपाल नभित्रिएको भए फिल्मको व्यापार सहजै ३ करोड माथि पुग्थ्यो ।
झरना थापा निर्देशित फिल्मले नयाँ बर्षको बिदाको दिनमा ८८ लाख, शुक्रबार ६६ लाख र शनिबार बिदाको दिन ८९ लाख ग्रस कलेक्शन गरेको वितरक शाहीको दाबी छ । यो फिल्मले बिहिबार र शनिबार देशभरका हलमा पाएका सबै शोजमा हाउसफूलको व्यापार गरेको थियो । शुक्रबार पनि फिल्मको व्यापार सुखद थियो ।
३ दिने विकेन्ड सकिएपछि दर्शकहरु काममा फर्किएकाले पनि फिल्मको व्यापार आजबाट केही कम हुने निश्चित छ । विश्व बजारमा नै तहल्का मच्चाएको ठूलो हिन्दी फिल्मको अगाडि रिलिज भएको नेपाली फिल्मले आफूलाई बलियो रुपमा प्रस्तुत गरेको छ ।
प्रतिक्रिया