‘ए मेरो हजुर ४’को शो घटाउने प्रदर्शकलाई दीपकको कडा प्रश्न
सफल निर्माता तथा कलाकार दीपकराज गिरीले प्रदर्शकबाट नेपाली फिल्म ‘ए मेरो हजुर ४’ माथि भएको विभेदमा कडा आवाज उठाएका छन् । नेपाली फिल्म हलमा राम्रो दर्शक पाएर चलिरहँदा पनि प्रदर्शकले शो नै घटाउने जस्तो तल्लोस्तरको काम गरेपछि यसको चर्को आलोचना भैरहेको छ ।
साउथको हिन्दी डब फिल्मका लागि आफ्नो व्यवसायिक मर्यादा समेत ख्याल नगरेका केही प्रदर्शकमाथि दीपकराजले नैतिकता देखाउन आग्रह गरेका हुन् । दीपकले लेखेका छन्–‘केजीएफ पनि चलाउ, पैसा मज्जाले कमाउ । तर, नेपाली चलचित्रलाई दिएको थोरै शो त नघटाउ । क्यूएफएक्स लगायतका केही हलहरुले न्याय गरेको देखियो । तर, केही हलहरुले भने बदमासी गरेको मज्जाले देखिएको छ । तपाइहरुलाई भोलीका दिनमा स्वदेशी उत्पादनमा अनिवार्य कोटा भनेर प्रतिशत तोकियो भने कति गाह्रो पर्छ होला ? जुन संभावना पनि छ ।’
नियम नै मिचेर मध्यरातमा फिल्म चलाएर पैसा कमाउनेमाथि पनि दीपकले घुमाउरो शैलीमा आलोचना गरेका छन् । तर, पैसा कमाउन पनि उनको आग्रह छ । तर, नेपाली फिल्मलाई थोरै शो दिन र त्यो शो पनि घटाउने काम किन गरेको भन्दै दीपकले प्रश्न गरेका छन् ।
‘अलिकता नैतिकता प्रदर्शन गरौं । नेपाली ब्रान्ड बिदेशीको तुलानामा कमजोर होलानु तर अशक्त छैन । हाम्रा आफ्नै दर्शक छन् । तिनिहरुको पनि सम्मान गरिदिनुहोला ।’ दीपकले लेखेका छन् ।
प्रतिक्रिया