के ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट बन्दैछ ‘आमा’ ?
चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दिर्घ साधना सम्मान’ आइतबार राष्ट्रपति भिवन शितल निवासमा आयोजना हुने भएको छ । कोरोनाका कारण २ बर्षदेखि रोकिएको पुरस्कार वितरण समारोह आइतबार गर्न लागिएको बोर्डले जनाएको छ ।
आइतबार वि.सं २०७६ सालमा रिलिज भएका फिल्महरुलाई आधार मानेर बोर्डले अवार्ड प्रदान गर्न लागेको हो ।
यसका लागि बोर्डमा तिव्र तयारी समेत भैरहेको छ । चलचित्र विकास बोर्डले दिने राष्ट्रिय पुरस्कारलाई चलचित्रकर्मीले विशेष रुपमा लिने गरेका छन् । वुझिएअनुसार, यो बर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘आमा’ले उत्कृष्ट फिल्मको अवार्ड जित्दैछ । २ बर्ष अगाडि रिलिज भएको यो फिल्मले दर्शक तथा समीक्षकको उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।
प्रतिक्रिया