संजीब बराइलीसँग मेलिना राईले गरिन् इन्गेजमेन्ट

करिब ५ बर्ष लामो प्रेम सम्बन्धलाई गायिका मेलिना राई सार्वजनिक गरेकी छिन् । उनले, आफू र संजीबबिच इन्गेजमेन्ट पनि भैसकेको उल्लेख गरेकी छिन् । वुझिएअनुसार, संजीब र मेलिनाले २ बर्ष अगाडि नै इन्गेजमेन्ट गरिसकेका थिए । उनीहरुले, यसैबर्ष बिहे गर्ने तयारी समेत गरेका छन् ।

मेलिनाले केही बर्षदेखि आफू प्रेममा रहेको जानकारी मिडियालाई गराउँदै आएकी थिइन् । तर, उनले प्रेमीको नाम भने सार्वजनिक गरेकी थिइन् । नेपालका चर्चित गितारिष्ट तथा कम्पोजरको रुपमा परिचित संजीबसँग जीवन अगाडि बढाउन पाउँदा आफू उत्साहित रहेको उनले बताइन् ।

विर्तामोड घर भएका संजीब लामो समयदेखि काठमाडौमा बस्दै आएका छन् । नेपाल गीतसंगीत तथा चलचित्रको पाश्र्व गायिकाको रुपमा मेलिना सर्वाधिक चर्चामा छिन् । उनले, गाएका दर्जनौ गीतहरु दर्शक तथा श्रोताको मुखमा झुन्डिएका छन् । ‘कुटुमा कुटु’ बोलको गीतमा उनको नै स्वर छ, जसले सर्वाधिक धेरै भ्यूजको रेकर्ड नै राखेको छ ।