सलमानका भाइले जब नेपालका मन्त्रीसँग कुरा गर्दैछु भन्ने विर्सिए
निर्देशक दीपेन्द्र के खनालले बिहिबार एक तस्वीर शेयर गर्दै लेखे–‘बलिउडले नेपालका केन्द्रिय मन्त्रीलाई त पेलिसके, नेपाली फिल्मको के कुरा ।’ उनले, नेपालका पर्यटनमन्त्री प्रेम आले र बलिउड नायक सलमान खानका भाई सोहेल खानविच कुराकानी हुँदै गरेको एक तस्वीर शेयर गरेका थिए ।
तस्वीरमा नेपालका मन्त्री कोर्ट पाइन्ट लगाएर सोफामा सभ्य तरिकाले बसेका छन् । तर, चप्पल लगाएर सोफामा एउटा खुट्टा चढाएर सोहेल खान बसेको देखिन्छ । सोहेलले नेपालका मन्त्रीसँग आफू कुरा गरिरहेको छु भन्ने नै विर्सिएका छन् ।
उनको यो असभ्य बसाईले नेपालका मन्त्रीलाई बलिउडका एक सामान्य कलाकारले पनि कसरी हेप्छन् भन्ने पुष्टी गर्छ । सामाजिक संजालमा अहिले यो तस्वीरको चर्को विरोध भैरहेको छ ।
केही हप्ता अगाडि नायक सलमान खानसँग कुराकानी गर्ने क्रममा मन्त्री आलेले आफूलाई मन्त्री भन्दा पनि सलमानको फ्यानको रुपमा प्रस्तुत गरेका थिए । यसैले, नेपालका मन्त्री नै बलिउडका कलाकार भनेपछि आफ्नो पदीय हैसियत नै विर्सन्छन् भने, बलिउडले नेपाली संकृतीमाथि अतिक्रमण किन गर्दैन त भनेर आलोचना भएको थियो ।
जेठ १४ गते आयोजना हुन लागेको सलमानको कन्सर्टको बिषयमा जानकारी लिन सोहेल बुधबार नेपाल आएका थिए । उनी, बिहिबार नै मुम्बई फर्किसकेका छन् ।
प्रतिक्रिया