जसरी पनि सगरमाथा हेरेर मात्र फर्किन्छु: सोहेल खान
बलिउड अभिनेता सोहेल खानले काठमाडौंमा आगामी जेठ दोस्रो साता हुने ‘दबङ रिलोडेड टुर’ को बेला सगरमाथा हेरेर मात्र फर्कने बताएका छन् ।
आउँदो जेठ १४ गते दशरथ रंगशालामा हुने दबङ रिलोडेड टुर’का लागि सलमान खानको बारेमा जानकारी दिन काठमाडौं आइपुगेका उनले बिहिबार पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । उनले आफूलाई नेपाल एकदमै राम्रो र सुन्दर लाग्ने बताए। आफू सानु छँदा काठमाडौं आएको स्मरण गर्दै खानले यसपटकको काठमाडौं भ्रमणमा सगरमाथा हेरेर मात्र फर्कने बताए ।
बिहीबार सोल्टी होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दबङ टुरका आयोजनक तथा निर्देशक सोहिल इन्टरटेन्मेन्टका सोहिलले भने, “यो राम्रो सो हो । ४५ मिनेट देखि ३ घण्टासम्म प्रस्तुतिको समय हुने छ । त्योसँगै दर्शकसँग अन्तरक्रिया पनि गरिने छ । हामी करिब १५ देखि २० मिनेट दर्शकसँग अन्तरक्रिया गर्नेछौँ । आशा छ एकदमै रमाइलो हुनेछ ।”उनले ‘दबङ रिलोडेड टुर’ असाध्यै राम्रो हुने भन्दै शो हेर्नको लागि सबैलाई आग्रहसमेत गरेका छन् ।
पत्रकार सम्मेलनमा सगरमाथा हेर्ने बाल्यकालदेखिको सपनालाई यस वर्ष पूरा गर्ने उनले बताएका छन्। ‘बम्बईबाट कलकत्तासम्म लगभग ३० घण्टा रेलमा यात्रा गरेर वीरगञ्जको रक्सौल नाकाबाट नेपाल प्रवेश गरेका थियौँ।’ नेपालको यात्रा गर्दा उनले नेपाल आएर पक्कै पनि विश्वको सर्वोच्च शिखर सगरमाथा पुग्ने अपेक्षा गरेका थिए। बाल मनस्थितिले नेपाल पुग्ने बित्तिकै सगरमाथा हेर्न पाइन्छ भन्ने बुझेको थियो। नेपाल भ्रमणका क्रममा उनले त्यो कुरा बुझे।
‘मलाई नेपाल एकदमै राम्रो लाग्छ, सुन्दर छ । म १०–१२ वर्षको हुँदा स्कुल जीवनमा हिलो पटक काठमाडौं आएका थिएँ,’ ‘त्यतिबेला एभरेष्ट (सगरमाथा) देख्न पाइन । अहिले ४० वर्षपछि फर्केर आएको छु । यसपटक एभरेस्ट हेरेर मात्रै फर्कन्छु ।’ उनले भने ।
‘दबङ रिलोडेड टुर’ मा सलमानका अलवा कट्रिना कैफ, प्रभु देवा, सोनाक्षी सिन्हा, ज्याक्लीन फर्नान्डेज लगायतका बलिउड कलाकार सहभागी हुनेछन् । सन् २०१९ मा हङकङमाबाट सुरु भएको ‘दबङ टुर रिलोडेड’ दुईपटक पोस्टपोन्डपछि तेस्रोपटक आयोजना हुन लागेको हो ।
आयोजकमध्ये एक ओडीसी इन्टरटेन्मेन्टका प्रमुख सिमान्त गुरुङकाअनुसार सलमानको कार्यक्रम बेलुकी साढे ७ बजेबाट सुरू हुनेछ । दर्शकका लागि जेठ १४ गते विहान ११ बजेदेखि दशरथ रंगशालाको गेट खुला गरिने छ । साढे तीन घण्टासम्म बलिउड कलाकारले प्रस्तुती दिनेछन् । सुरुमा नेपाली कलाकारको प्रस्तुति राखिएको छ । ‘दबङ रिलोडेड टुर’ को टिकटको मुल्य ५ देखि २५ हजार रुपैयाँसम्म रहको छ ।
प्रतिक्रिया