आज रणबीर-आलिया विवाह बन्धनमा बाँधिदै
बलिउड ‘स्टार-कपल’ रणवीर कपुर र आलिया भट्ट आज विवाह बन्धनमा बाँधिदै छन्।
सबै हल्ला र अड्कलबाजी पछि आज रणवीर कपुर र आलिया भट्ट अन्ततः विवाह बन्धनमा बाँधिदैछन् । उनीहरुलाई विवाहमा हेर्न सबै उत्सुक छन् ।
हिजो अर्थात अप्रिल १३ मा रणवीर-आलियाको विवाहको प्रि-वेडिङ समारोह आयोजना गरिएको थियो । बुधबार दुवैले मेहन्दी सेग्मेन्ट गरेका थिए । यस अवधिमा उनीहरुका नजिकका परिवारका सदस्य र साथीहरू मात्र उपस्थित थिए।
आजको विवाह समारोहमा धेरै सेलिब्रेटीहरू उपस्थित भइरहेका छन्। उनीहरुको विवाह भारतीय सञ्चारमाध्यमका हेडलाइनमा छाएको छ। यो जोडीको नाम ट्वीटरमा ट्रेन्डिङमा छ भने सामाजिक सञ्जाल उनीहरुलाई दिइएको शुभकामनाले भरिएको छ।
कार्यक्रममा रणवीरकी कजन र अभिनेत्री करिश्मा कपूर पनि उपस्थित थिए । उनी बहिनी करीना कपुरसँगै आएक थिइन् । रणवीर-आलियाको मेहन्दी सेरोमनीपछि करिश्माले एउटा तस्बिर सेयर गरेकी छिन् ।
करिश्मा कपुरले आफ्नो इन्स्टाग्राम स्टोरीमा आफ्नो खुट्टामा मेहन्दी डिजाइनको क्लोजअप तस्बिर सेयर गरेकी छिन् । उनले हार्ट इमोजीको क्याप्सनमा लेखेकी छिन्, ‘मलाई मेहन्दी मन पर्छु। मेहन्दी समारोहमा करिश्माले सुन्तला रंगको अनारकली सूट लगाएकी थिइन् । सूटसँगै उनले कानमा मङ्गटिका र झुम्का लगाएका थिए । यस क्रममा करिश्मा निकै सुन्दर देखिइन् ।
विवाहबारे अभिनेत्री समेत रहेकी रणवीरकी आमा नीतु सिंहले बुधवार पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ। विवाह रणवीरको घरमा हुने बताइएको छ। उनीहरुको विवाद मुम्बईको एक आकर्षक र सम्पन्न बंगलामा हुँदैछ।
नीतु कपूरले आफ्नो इन्स्टाग्राममा मेहेन्दी लगाएको तस्बिर सार्वजनिक गरेकी छन्। तर, रणवीर र आलियाको तस्बिर सार्वजनिक भएको छैन।
रणवीर र आलिया लामो समयदेखि प्रेम सम्बन्धमा थिए। विवाहबारे मिडियामा पहिलै जानकारी भने सार्वजनिक गरिएको थिएन।
यी जोडीले सुरु गर्न लागेका पवित्र यात्रा’ को शुभकामना दिएका छन्।
प्रतिक्रिया