नयाँ वर्षको अवसर पारेर दुई नयाँ हल सञ्चालनमा
नयाँ वर्षको अवसर पारेर दरबारमार्गमा दरबार सिनेम्याक्स नयाँ हल संचालनमा आएको छ ।
संचालनमा आएको छोटो समयमा नै चर्चामा आएको नयाँ बाँनेश्वरको वान सिनेमाज्ले आजबाट कालिमाटीमा पनि नयाँ हल ल्याएको हो ।
दोस्रो फ्रेन्चाइज हलकारुपमा ३ सय सिट क्षमताका २ अडिटोरियम सञ्चालनमा ल्याएको हो । कालिमाटीमा रहेको ट्रेड सेन्टरको चौथो तल्लामा जसमा, दर्शकले ५ सय र ७ सय टिकट काट्नुपर्नेछ । यो हलमा खाजाको अर्डर गरेपछि सिटमै खानेकुरा आइपुग्ने बताइएको छ ।
यो हलमा थ्रीडी र डल्बी अटमस ध्वनी प्रविधि जडान गरिएको वान सिनेमाज्का प्रमुख प्रज्ज्वल शमशेर जबराले जानकारी दिएका छन् ।
यस्तै, आजबाट संचालनमा ल्याएको गुण ग्रुपले दरबार सिनेम्याक्समा दुईवटा अडिरोरियममा गरी १०३ सिट क्षमता रहेको छ । हलमा अत्याधुनिक साउण्ड सिस्टम र अर्डरअनुसार खानाको पनि सेवा रहेको प्रवन्ध निर्देशक दिप्रस शाक्यले जानकारी दिएका छन् । हलको व्यवस्थापन भने क्यूएफएक्सले गरेको छ । दुबै हलमा आजदेखि ‘केजीएफ च्याप्टर २’ र ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आएको छ ।
प्रतिक्रिया