शोभित बस्नेत लोसपाबाट काठमाडौंको मेयरमा उठ्ने
निर्माता, निर्देशक तथा कलाकार शोभित बस्नेत काठमाडौंको मेयरमा उठ्ने भएका छन् । शोभित बस्नेतलाई लोकतान्त्रिक समाजवादी पार्टीले काठमाडौंको मेयरमा टिकट दिन लागेको हो । शोभित बस्नेत र पार्टीविच संझौता भैसकेको र केही दिनमा नै औपचारिक घोषणा हुने श्रोतले बताएको छ ।
लोसपा बागमती प्रदेश कमिटीका अध्यक्ष करण श्रेष्ठसाँगको छलफल पछि उनी उम्मेदवार बन्न लागेको बताइएको छ । शोभित पनि मेयर पदका लागि तयार भएको श्रोतले बतायो ।
नेपाली फिल्मीकर्मीहरु स्थानिय निर्वाचन नजिकिदै जाँदा विभिन्न पार्टीमा आवद्ध भैरहेका छन् । फिल्म क्षेत्रमा सधै चर्चामा रहने शोभित बस्नेत चन्द्रागिरी नगरपालिकामा बसोबास गरेपनि उनको मतदान अधिकार भने काठमाडौंमा रहेको श्रोतले बतायो । यसैले, उनी अब मेयर पदमा उठ्न लागेका हुन् ।
नायक भूवन केसीले काठमाडौंको मेयर पदमा उठ्ने चर्चा भएपनि उनले फिर्ता लिइसकेका छन् । रेखा थापा राप्रपा नेपाल र करिश्मा मानन्धर नेकपा एमालेमा सक्रिय छन् । शोभितलाई मेयर पदमा काठमाडौंका जनताले कती विश्वास गर्छन्, त्यो चुनावपछि थाहा हुनेछ ।
प्रतिक्रिया