पल र पूजालाई ‘उत्कृष्ट नायक–नायिका’को अवार्ड

विगत १६ बर्षदेखि आयोजना हुँदै आएको ‘ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८’ काठमाडौंमा सम्पन्न भएको छ । पर्यटन तथा संकृती मन्त्री प्रेम आले प्रमुख अतिथी रहेको अवार्ड समारोहमा सिमित फिल्मीकर्मीको मात्र उपस्थिती थियो । अवार्ड समारोहमा विभिन्न चलचित्र, चलचित्रकर्मीलाई सम्मानित र अवार्ड प्रदान गरियो ।

रजत जयन्ती सम्मानबाट गीतकार डाक्टर कृष्णहरि बराल, निर्माता तथा निर्देशक दयाराम दाहाल, गायिका देविका बन्दना सम्मानित भएका थिए । यसैगरी, अग्रज सुवेदी पत्रकारिता पुरस्कारबाट रामजी बगाले र श्याम स्मृत सम्मानित भए । यस्तै, कोरोना महामारीका विचमा फिल्म निर्माण गरेर प्रदर्शन गरेका फिल्मीकर्मीलाई पनि सम्मान गरिएको थियो ।

जसमा, यो बर्षको उत्कृष्ट फिल्ममा ‘म यस्तो गीत गाउँछु २’, उत्कृष्ट निर्देशकमा सुदर्शन थापा, उत्कृष्ट नायिकामा पूजा शर्मा, उत्कृष्ट नायकमा पल शाह सम्मानित भए । यस्तै, चलचित्रकर्मी शिव श्रेष्ठले निर्माण गरेको कम्पनीलाई कोरोना महामारीकाविच पहिलो फिल्म रिलिज गरेको भन्दै सम्मान गरियो । यसैगरि, ९ जना चलचित्रकर्मीलाई पनि जुरी सम्मान प्रदान गरियो । जसमा, सामाजिक बिषयवस्तु उठान गरेको भन्दै ‘चुरीफुरी’लाई सम्मानित गरिएको थियो ।

फिल्म ‘कठपुतली’ले प्रोत्साहन सम्मान, शक्ति श्रेष्ठले नव प्रतिभा सम्मान प्राप्त गरे । महामारीमा पनि नेपाली फिल्म क्षेत्रलाई चलायमान बनाउन योगदान गर्ने वितरण कम्पनी एफडी कम्पनी, हल व्यवसायी नरेन्द्र महर्जन, बस्नेत फिल्म स्टूडियोलाई सम्मानपत्र प्रदान गरिएको थियो ।