‘ए मेरो हजुर ४’ को प्रमोशनल गीत ‘भाग भाग’ सङ्गीत चोरेको पुष्टि

आगामी बैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ को गीत जी-बब नामले चिनिर्ने यापर सुदीप भण्डारीले गाएका छन् ।

युवा पुस्तामाझ छोटो समयमै लोकप्रिय बनेका र्यापर जीबबले पहिलो पटक गाएको गीत ‘भाग भाग’ चोरी गरिएको पाइएको छ ।

एनटिएफले आयोजना गरेको र्याप ब्याटलबाट चर्चामा आएका जीबबलाई फिल्मकी निर्देशक झरना थापाले प्रमोशनका लागि गीत गाउन लगाएका थिइन्।

पहिला दुर्गेश थापाको अभिनय र गीत राख्ने भनिए पनि थापा पल शाहको विवादमा फसेपछि शाहको फ्यानहरुबाट हुनसक्ने विरोधको जोखिम हेरेर दुर्गेशको साटो जी-बबलाई गित गाउन लगाइएको थियो।

पछि जी-बब गीतको छोटो भर्जनलाई मात्र सार्वजनिक गरेको छ । प्रमोसन गीत भए पनि पुरै गीत सार्वजनिक गरिएको छैन। शनिवार बुढासुब्बाको डिजिटलमा प्रोमो मात्र राखेर पुरै गीत फिल्ममा मात्र निर्देशक थापाले भनिन्। प्रोमो लोकप्रिय भएर १५ लाख ५६ हजार भन्दा बढिले हेरेका छन्। तर प्रोमो गीतको सार्वजनिक भएसँगै चोरी समातियो।

जी-बबले गाएको प्रमोसन र्यापको मेलोडी र म्युजिक बिट एट्लान्टिक रेकर्डले सन् २०१४ मा रिलिज गरेको सेल सकको किल द नोइजबाट चोरी गरेको पुष्टि भएको छ। यो अहिलेसम्म १७ करोडले सुनिसकेका छन्।

‘भाग भाग’ गीतको शब्द तथा संगीत पनि जी-बबकै रहेको छ भने हुकलाइन हाकिम भनिने सुरेन्द्र गुरुङबाट लिइएको हो । गीत मिक्सिङ बाबु प्रधानले गरेका हुन् भने म्युजिक प्रड्युसर सन्देश ढकाल डिडट र एनटिएफले गरेका हुन्।

फिल्मकी नायिका सुहाना थापाका अनुसार जीबबलाई बोलाएर गीत छायाँकन हुने फिल्मको सिक्वेन्सबारे जानकारी गराएपछि उनले सुटिङ हुने स्थानमै बसेर २ घन्टामा लिरिक्स लेखेका थिए। लागुऔषध दुर्ब्यसनमा फसेका जीबबलाई प्रमोशनमा लिएर हिड्ने काममा अहिले एनटिएफमका हाकिम उपनाम रहेका गुरुङले गरिरहेका छन्।