निर्देशक भट्टराईको नयाँ फिल्म ‘महापुरुष’ निर्माण हुने, मह जोडीको मुख्य भूमिका
नयाँ ‘फिल्म ‘महापुरुष’ निर्माण हुने भएको छ ।
फिल्म ‘जात्रा’ मार्फतआफ्नो निर्देशकीय क्षमतालाई प्रस्ट्याइसकेका निर्देशक प्रदीप भट्टराई नयाँ फिल्म ‘महापुरुष’ को तयारीमा जुटेका हुन् । वैशाख तेस्रो साताबाट फिल्मको छायांकन गर्ने तयारीमा रहेका भट्टराईले स्क्रिप्टको काम लगभग सकिएको बताएका छन् ।
जात्रामार्फत निर्देशनमा डेब्यु गरेका भट्टराईले त्यसपछि निर्देशन गरेका ‘शत्रुगते’ र ‘जात्रैजात्रा’ लाई पनि दर्शकले रुचाइसकेका छन् । उनले यसपटक जात्रा सिरिजभन्दा बाहिरको ‘महापुरुष’ टाइटलमा फिल्म गर्दैछन् ।
प्रदीपले निर्देशन गर्ने फिल्मलाई रवीन्द्रसिंह बानियाँ र दीपेश खत्रीको षट्कोण आर्ट्सले निर्माण गर्ने भएको हो । महजोडी अर्थात् वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने फिल्ममा गौरी मल्ल,अरुण क्षेत्रि रवीन्द्रसिंह बानियाँ, कविता सुवेदी र प्रशान्त श्रेष्ठको समेत अभिनय रहनेछ ।
प्रतिक्रिया