बैशाख १ पछि प्रदर्शन हुने फिल्ममा सेयर बाँडफाँड निर्णय लागु नहुने

नेपाल चलचित्र संघले सेयर बाँडफाँड सम्बन्धी सञ्चार माध्यममा आएको समाचार प्रति ध्याकर्षण भएको जनाएको छ ।

संघले आज बिहिबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै उक्त समाचार प्रति ध्यानाकर्षण भएका जानकारी दिएको हो ।

सार्वजनिक विज्ञप्तीमा केही दिन अघि चलचित्र संघका पदाधिकारीको बैठक बसेर बैशाख १ गतेसम्म प्रदर्शन हुने फिल्मको सेयर बाँडफाँडमा मौखिक सहमति भएपनि त्यसपश्चात प्रदर्शन हुने फिल्मको विषयमा कुनैपनि निर्णय नभएको अध्यक्ष मधुसुधन प्रधानद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।