दीपराज गिरीलाई ‘छोरो घर फर्किदा काँग्रेस बनेर आउला भन्ने डर’
अभिनेता दीपकराज गिरी सामाजिक सञ्जालमा प्राय जसो समसामयिक विषयमा विभिन्न टिका टिप्पणी गरिरहेका हुन्छन् ।
यस्तैमा गिरीले सामाजिक सञ्जाल फेसबुक्कमा अर्को एउटा टिप्पणी गरेका छन् । समसामयिक बिषयमा तिखो ब्यङ्ग्य प्रहार गर्न माहिर गिरीले पछिल्लो समय विभिन्न राजनीतिक पार्टीमा अन्य पार्टीका ब्यक्ति भित्र्याउने चलेको होड प्रति यस्तो टिप्पणी गरेका हुन् ।
गिरीले सामाजिक संजालमा तिखो ब्यङ्ग्य गर्दै छोरो घर फर्किदा काँग्रेस भएर आउला भन्ने डर भएको बताएका छन् । उनले लेखेका छन्ः ‘बा ले कॉंग्रेस हूँ भन्नु हुन्थ्यो घरमा एक हुल नेता आएर एमाले बनाइ दिएर गएछन् !सुर्य लाइ भोट हाल्ने मेरी बूढि पधेरो बाट आउदा माओवादी प्रबेश गरि सकिछन् ! छोरो अहिले सम्म घर आको छैन कॉग्रेस बनेर आउला भन्ने डर भो ……देशको हालत !
केही दिन अगाडि गिरी माओवादी प्रवेश गरेको बिषयमा हल्ला चलेको थियो । उक्त हल्लाको सम्बन्धमा पनि उनले सामाजिक संजालबाट एक पोष्ट गर्दै आफु कहीँ नगएको स्पष्ट परेका थिए ।
प्रतिक्रिया