तुलसी घिमिरे २१ वर्षपछि फेरि ‘मुक्ति’ सिरियल बनाउँदै
२१ वर्षपछि निर्देशक तुलसी घिमिरे आफ्नो चर्चित टेलिसिरियल ‘मुक्ति’ लिएर दर्शकमाझ आउने भएका छन् ।
आगामी जुनदेखि छायांकन गरिने सिरियलका केही कलाकार पनि फाइनल भएका छन् । महिला कलाकारहरु चाँडै तय हुने निर्देशक घिमिरेले बताइएका छन् ।
पारिवारिक कथावस्तुमा निर्माण हुने सिरियलको एक सय भाग निर्माणको लक्ष्य राखिएको छ। सिरियललाई आफू निर्देशित ‘दर्पणछायाँ’ फेम्ड अभिनेता उत्तम प्रधानलाई मुख्य भूमिकामा लिएर घिमिरेले अघि बढाउन लागेका हुन् ।
प्रधानहित अरुण रेग्मी, जितु नेपाल, मुकुन्द श्रेष्ठको पनि सिरियलमा अभिनय हुने जनाइएको छ । मुक्ति सिरियलबाटै यसअघि अभिनयमा डेब्यु गरेकी सरिता लामिछानेलाई भने नयाँ सिरियलमा देख्न नपाइने भएको छ ।
यो सिरियल यसअघि नेपाल टेलिभिजनबाट प्रसारण हुन्थ्यो । अब भने एपीवान टीभीबाट प्रसारण हुने बताइएको छ ।
प्रतिक्रिया