‘लन्डन टु पेरिस’मा साम्राज्ञी अनुबन्धित

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अर्को नयाँ फिल्ममा अनुबन्धित भएकी छन्।

घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको फिल्म ‘लन्डन टु पेरिस’मा साम्राज्ञी अनुबन्धित भएकी हुन्। निर्माण टिमले बेलायत र फ्रान्समा सुटिंग हुने फिल्मका लागि साम्राज्ञीलाई अनुबन्ध गरेको हो ।

एबी इन्टरनेसनलले निर्माण गर्न लागेको फिल्म बेलायत र फ्रान्समा छायांकन हुने बताइएको छ। एबी इन्टरनेसनलले विदेशमा एक साथ दुई फिल्मको छायांकन गर्दै बताइएको छ। यही निर्माताको समूहले अर्को फिल्म बनाउन लागेको हो जसमा साम्राज्ञी खेल्ने तय भएको हो । त्योमध्ये एउटा फिल्ममा अनमोल केसी र सारा सिरपाइलीको जोडी रहनेछ।

यो फिल्मको छायांकन आगामी असारबाट सुरू गर्ने निर्माताको तयारी छ। फिल्ममा अमित बस्नेत, अजित केआर थापा, परी राना, अंकित गौतम र सनिष खकुरेको लगानी छ।

एबी इन्टरनेसनलले विदेशी फिल्मको वितरणको काम पनि गरिरहेको छ । यही समूहले बनाएको ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको पर्खाइमा छ । पूजा शर्मा, आकाश श्रेष्ठको अभिनय रहेको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

साम्राज्ञी यो अघि ‘ह्यारीकी प्यारी’को प्रदर्शनको पर्खाइमा रहेकी छिन्। फिल्म ‘ड्रिम्स’बाट डेब्यू गरेकी साम्राज्ञीले ‘ए मेरो हजुर २, मंगलम्, कायरा, इन्टु मिन्टु लण्डमा, रातो टिका निधारमा’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन्।