अध्यक्ष ओली भन्छन्: ‘नेपाली जति राम्रा हिरोइन दुनियाँमा खोजेर भेटिँदैन’ (भिडियो)
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली फिल्म क्षेत्रको खुलेरै तारिफ गदै ओलीले नेपाली फिल्मका कलाकारहरु संसारमै सुन्दर भएको बताएका छन् ।
सोमबार एमालेनिकट भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालद्वारा चलचित्र विकास बोर्डको हलमा आयोजित कलाकार सम्मान कार्यक्रममा ओलीले नेपाली फिल्मका अभिनेत्री संसारकै ‘ब्युटीफुल’ र अभिनेता ‘ह्यान्डसम’ भएको बताए ।
नेपालको जस्तो उत्कृष्ट फिल्म र नेपालकाे जस्ताे राम्री हिरोइन् दुनियाँमै नभएको भन्दै उनले प्रशंसा गरेका हुन् । ‘नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा कहीँ हुन्छ ? नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा हुन त सम्वभ नै छैन । नेपाली हिरोजस्तो हेण्डसम दुनियाँ कहीँ खोजेर भेटिएला ? भेटिँदैन ।’
यसअघि अध्यक्ष ओलीले नेपाल कला र संगीतको पवित्र भूमि रहेको पनि बताए । ‘यो ठाउँ यो ठाउँ कलाको ठाउँ हो । संगीतको ठाउँ हो । नेपालले कलाको क्षेत्रमा अत्यन्तै सम्भावन बोकेको छ । हाम्राजस्तो उत्कृष्ट फिल्म कसैले बनाउनै सक्दैन,’ ओलीले भने ।
त्यस्तै, अध्यक्ष ओलीले नेपाली कलाकारलाई नेपाली आँखाबाट हेर्नुपर्ने ओलीको भनाइ छ । नेपालमा कलाको प्रचुर सम्भावना रहेको भन्दै ओलीले नेपालको जस्तो उत्कृष्ट फिल्म कसैले बनाउन नसक्ने जिकिर पनि गरे । ओली महाकवि लक्ष्मीप्रसाद देवकोटाको पनि प्रशंसा गरे । देवकोटाजस्तो कवि संसारमा नभएको उनको भनाइ थियो ।
ओलीले देवकोटाका कविताले नोबल पुरस्कार पाउनुपर्ने तर्कसमेत प्रस्तुत गरे । ‘लक्ष्मीप्रसादको जस्तो बगेको कविता दुनियाँमा कसैको छैन । उनका कविताले किन पाउँदैनन् नोबल पुरस्कार ? हामीले एप्लाई नगरेको हुन सक्छ । महत्व नबुझेको पनि हुन सक्छ । आफैलाई नपत्याएको पनि हुन सक्छ,’ अध्यक्ष ओलीले भने ।
कार्यक्रममा ३० वर्षभन्दा लामो समयदेखि नेपाली फिल्ममा योगदान दिएका कलाकारलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया