राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित एनवाइएफ शर्ट फिल्म कम्पिटिशन: ‘प्रश्न’ उत्कृष्ट (फोटो फिचर)

राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित ‘एनवाइएफ शर्ट फिल्म कम्पिटिशन २०७८’ सम्पन्न भएको छ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सोमबार प्रतियोगिताको विजेता घोषणा तथा पुरस्कार वितरण गरिएको हो ।

प्रतियोगितामा ‘प्रश्न’ नामक शर्ट फिल्म प्रथम भएको छ भने क्रमशस् एसओपी र खाली सीसीले दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।

विजेता शर्ट फिल्मलाई ट्रफी र प्रमाणपत्रसहित क्रमश २ लाख ५० हजार, १ लाख ५० हजार, १ लाखको नगद पुरस्कार प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहमा नेपाली फिल्म क्षेत्रका दिग्गज व्यक्तित्वहरूले विशेष उपस्थिति जनाएका थिए ।

कुल ७५ प्रतियोगी फिल्मको सहभागीता रहेको उक्त शर्ट फिल्म कम्पिटिशन ‘म केही गर्छु’ भन्ने मुलभावसहित युवाहरुमा सकरात्मक सोच बिकास गराउन र उनीहरुको सोच र सिर्जनशिलताको पहिचान,प्रस्फुटन र प्रवर्धन गर्नु यस्को मुख्य उदेश्य रहेको संघका संयोजक तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए ।

संयोजक पौडेलका अनुसार कोभिड९१९ महामारीले नेपालीलाई घरभित्रै बन्धक बनाएका बेला ‘म केही गर्छु’ शर्ट फिल्म प्रतियोगिताको सुरुवात गरिएको थियो । यो बेला युवाहरुको समय सदुपयोग तथा प्रोडक्टिभ ईङेजमेण्ट लाई ध्यान दिदै यस् प्रतियोगोताको अवधारणा तयार भएको बताए ।

प्रतियोगिताको पहिलो चरणमा युवा वर्गलाई आफ्नो रचनात्मक प्रस्तुतीका लागि शर्ट फिल्मको पटकथा बुझाउन आह्वान गरिएको थियो । युवाहरुबाट पटकथा प्राप्त पटकथा मध्ये ७५ वटा पटकथा ‘म केही गर्छु’ लघु चलचित्र प्रतियोगिताका लागि चयन गरिएको थियो ।

चयन गरिएका ७५ वटा पटकथाबाट ४५ वटा पटकथालाई शर्ट फिल्म निर्माणका लागि चयन गरिएको हो । विभिन्न चरणबाट निर्माण गरिएका ४५ वटा पटकथाबाट १० वटा शर्ट फिल्म चयन गरियो र अन्तिममा १० वटा फिल्म मध्ये सोमबारको समारोहमार्फत् तीनवटा शर्ट फिल्मलाई विजेता घोषणा गरिएको हो ।

साथै सोही कार्यक्रमबाट राष्ट्रिय युवा संघ नेपालकै साइबर सर्कल विभागले रु ६ लाख पुरस्कार राशीको ‘निर्वाचन र नेकपा एमाले’ शीर्शकको टिकटक भिडियो प्रतियोगितसमेत घोषणा गरेको छ ।