पाँचौँ निफमा उत्कृष्ट राष्ट्रिय फिल्म ‘महानगर’, मोहन राई उत्कृष्ट निर्देशक, दुई अवार्ड ‘चिसो एस्ट्रे’लाई
पाचौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ-२०२२) सम्पन्न भएको छ।
सोमबार सम्पन्न नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा मोहन राई निर्देशित फिल्म ‘महानगर’ले ह्याट्रिक गरेको छ ।
महोत्सवमा देशी विदेशी गरी विभिन्न १४ विधामा उत्कृष्ट भएका फिल्महरुलाई अवार्ड वितरण गरिएको थियो। महोत्सवमा उत्कृष्ट राष्ट्रिय फिचर फिल्मको अवार्ड ‘महानगर’ले पाएको हो।
महानगरमा संयोगले भेटिएका दुई युवाको एक रातको कथा प्रस्तुत गर्ने फिल्मबाट निर्देशक मोहन राईले लेखन र निर्देशन विधाका दुई अवार्ड थापे भने फिल्मबाट मेनुका प्रधानले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् ।
महोत्सवमा डन किहोटे अवार्ड उत्कृष्ट फिचरका लागि साइलेन्स ट्री पुरस्कृत भएको छ। फैजल सयसलको निर्देशनमा बनेको फिल्म साइलेन्स ट्रीले पुरस्कार पाएको हो। फिल्मलाई जुरीमध्येका एक मञ्जुकुमार श्रेष्ठले विजेता घोषणा गरेका थिए । नेसनल फिचर विधातर्फ प्रतिस्पर्धी रहेको फिल्मले उत्कृष्ट फिल्मको पनि पुरस्कार हात पार्यो ।
त्यस्तै, फिचर फिल्मतर्फकै विधामा ‘चिसो एस्ट्रे’ले दुई विधामा पुरस्कार जित्यो । दिन्स पाल्पालीले निर्देशन गरेको फिल्मबाट दिव्य देवले अभिनेतामा र उज्जवल बस्ताकोटीले छायांकनमा पुरस्कार थापे ।
उत्कृष्ट पुरुष अभिनेताका लागि चिसो एस्ट्रेबाट दिव्य देव, उत्कृष्ट महिला अभिनेत्रीका लागि महानगरबाट मेनुका प्रधान, उत्कृष्ट निर्देशनका लागि महानगरबाट मोहन राईले अवार्ड पाएका हुन्।
नेसनल पानोरमअन्तर्गत सर्ट फिल्म तर्फको उत्कृष्ट निर्देशकको अवार्ड बच्चन व्यञ्जनकारले जिते भने फिल्मतर्फको अवार्ड ‘आइसक्रिम’ले जित्यो । संगीता श्रेष्ठ निर्देशित फिल्मले यौन हिँसाको विषयलाई प्रस्तुत गरेको छ ।
कार्यक्रममाउत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्मलाई दिइने बागमती अवार्ड भने ‘अल सिट’ले पाएको छ । त्यस्तै, मन्जुश्री अवार्डअन्तर्गतको उत्कृष्ट एनिमेडेट फिल्म अवार्ड साइमन फिलियोन, उत्कृष्ट डकुमेन्ट्रीको एके शेर्पा अवार्ड ‘गोर्खा गल्सर्’का लागि विशाल रोका मगर र माउन्ट एभरेस्ट अवार्ड ‘आउट अफ थिन एयर’ले पाएको छ ।
त्यस्तै, उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मलाई दिइने गौतमबुद्ध अवार्ड ‘नो ग्राउन्ड बिनिथ द फिट’ ले पाएको छ ।
चैत १७ देखि सुरु भएको महोत्सवमा विभिन्न ३८ देशबाट प्राप्त ८९ फिल्महरु भौतिक र भर्चुअल माध्यामबाट प्रदर्शन भएका थिए। चैत्र १६ बाट चलेको कार्यक्रममा फिल्मको प्रदर्शनसँगै नेपालको फिल्म क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा छलफल पनि भएको थियो।
प्रतिक्रिया