किन भेट्दैछन् बलिउड स्टारहरू शाहरुख, सलमान, अक्षय, सैफलाई साउदीका मन्त्री
साउदी अरबका संस्कृति मन्त्री बद्र बिन अब्दुल्लाह बिन मोहम्मद बिन फरहान अल सउदले बलिउड स्टार शाहरुख खान, सलमान खान, अक्षय कुमार र सैफ अली खानसँग भेट गरेका छन् । आइतबार उनले यी स्टारहरुसँगको भेटका तस्विरहरु ट्वीटरमा सेयर गरेका छन् ।
यी फिल्मस्टारलाई ट्याग गर्दै उनले ट्वीटरमा यो भेट ‘साझेदारीको अवसर’ को खोजीमा भएको लेखेका छन् । उनले लेखेका छन्, ‘बलिउड स्टारहरू सहित फस्टाउँदो भारतीय फिल्म समुदायका सदस्यहरूसँगको भेट निकै राम्रो थियो। यी बैठकहरू साझेदारीका सम्भावनाहरू अन्वेषण गर्न थिए।
तर, मन्त्रीले यी बलिउड स्टारहरूलाई कहाँ र कहिले भेटे भन्ने थाहा छैन। जहाँसम्म यी फिल्मस्टारको वर्क फ्रन्टको कुरा छ, शाहरुख खान आफ्नो ठूलो एक्सन फिल्म ‘पठान’ को काममा व्यस्त छन् । फिल्म आगामी जनवरीमा रिलिज हुने तयारीमा छ ।
यस्तै सलमान खान आफ्नो आगामी फिल्म ‘टाइगर ३’ मा देखिनेछन् । यो फिल्म सन् २०२३ को अप्रिलमा रिलिज हुनेछ । हालै ‘बच्चन पाण्डे’ मा देखिएका अक्षय कुमार ‘पृथ्वीराज’, ‘रक्षा बन्धन’, ‘राम सेतु’ र ‘सेल्फी’ को सुटिङमा व्यस्त छन् । अर्कोतर्फ सैफ अली खान ऋतिक रोशनसँग ‘विक्रम वेधा’ मा देखिनेछन् ।
لقاءات مثمرة مع نجوم بوليوود @iamsrk @BeingSalmanKhan @akshaykumar وسيف خان، استكشفنا خلالها العديد من فرص الشراكة بين السينما السعودية والهندية.#رؤية_السعودية_2030 pic.twitter.com/Itb3RpBkgk
— بدر بن عبدالله بن فرحان آل سعود (@BadrFAlSaud) April 2, 2022
प्रतिक्रिया