अप्रिल दोस्रो साता विवाह गर्दै रणवीर-आलिया

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट लामो समयदेखि विवाहको चर्चामा छन् । रिपोर्टका अनुसार दुबै अब यही महिना अप्रिलमा विवाह बन्धनमा बाँधिने बताइएको छ ।

दुवैले आफ्नो व्यक्तिगत जीवनलाई लाइमलाइटबाट टाढा राख्दैछन्। यो विवाह नजिकका साथीभाइ र परिवारबीच हुनेछ ।

रिपोर्टका अनुसार आलिया र रणवीरको विवाह मुम्बईमा नजिकका साथीभाइ र परिवारबीच हुने भएको छ । रणवीर आफैंले आफ्नो पुर्ख्यौली घर आरके हाउसको विवाह स्थल फाइनल गरेका छन् ।

उनका आमाबाबु ऋषि कपूर र नीतु कपूरको विवाह २० जनवरी १९८० मा आरके हाउसमा भएको थियो। त्यसैले रणवीर पनि आफ्नी प्रेमिका आलियासँग चेम्बुरको घरमा विवाह गर्न चाहन्छन् ।

यस विवाहमा ४५० पाहुनाको सहभागिता रहनेछ जसका लागि ‘शादी स्क्वाड वेडिङ प्लानर’ नियुक्त गरिएको छ । तर, विवाहको मिति भने खुलाइएको छैन ।

विवाहमा सहभागी हुने नजिकका व्यक्तिहरुलाई अप्रिलको दोस्रो सातादेखि स्वतन्त्र रहन जानकारी गराइएको छ । विवाहको मिति भने खुलाइएको छैन । कपूर परिवार अप्रिलको अन्त्यमा विवाह गर्न चाहन्थे तर आलिया भट्टका मामा हजुरबुवा नरेन्द्र नाथ राजदानको स्वास्थ्यका कारण भट्ट परिवार यो विवाह जतिसक्दो चाँडो गर्न चाहन्छ।

आलिया र रणवीर पहिलो पटक अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’ मा सँगै देखिनेछन् । फिल्ममा अमिताभ बच्चन, डिम्पल कपाडिया, नागार्जुन अक्किनेनी र मौनी रोयको पनि अभिनय रहेको छ ।

यसबाहेक आलियासँग करण जोहरको फिल्म ‘तख्त’, ‘रकी र रानीको प्रेमकथा’ र ‘डार्लिंग्स’ छन् । अर्कोतर्फ रणवीरको कुरा गर्दा उनी लव रञ्जनको आगामी फिल्ममा श्रद्धा कपूरको अपोजिटमा देखिनेछन् । फिल्ममा डिम्पल कपाडिया र बोनी कपुर पनि मुख्य भूमिकामा देखिनेछन् ।