सैफलाई करिनाको चेतावनी–‘अब पिता बन्ने बिषयमा सोच्दै नसोच्नु’

बलिउड नायिका करिना कपुरले आफ्ना पति सैफअली खानलाई अब पिता बन्ने बिषयमा सोच्दै नसोच्न चेतावनी दिएकी छिन् । हालै एक मिडियासँगको अन्तरवार्तामा सैफलाई चेतावनी दिदै करिनाले भनिन्–‘सैफ जब एडल्ट भएका छन्, उनले हरेक दशकमा बच्चा जन्माएका छन् । उनी ५० बर्षको उमेरमा जेहको पिता बनेका हुन् । अब, ६० बर्षमा अर्को बच्चाको बिषयमा नसोच्न मैले उनलाई चेतावनी दिएकी छु ।’

सैफका ४ सन्तान छन् । उनका २ सन्तान जेठी पत्नी अमृताको कोखबाट जन्मिएका हुन् भने २ सन्तान करिनाको कोखबाट जन्मिएका हुन् ।

करिनाले अगाडि भनिन्–‘सैफले हरेक दशकमा एक सन्तान जन्माएका छन् । २०, ३०, ४०, ५० बर्षमा उनका ४ सन्तान जन्मिएका हुन् । सैफ अहिले ५० बर्षको भए । मैले उनलाई ६० बर्षमा यस्तो हुने छैन भनेकी छु । मलाई लाग्छ कि सैफ जस्तो ठूलो सोच भएको मानिस नै ४ बच्चाको पिता बन्न सक्छन् । उनले हरेक बच्चालाई समय दिएका छन् । हामीले घरमा संझौता पनि गरिसकेका छौं । एक जना सुटिङमा व्यस्त हुँदा अर्कोले सन्तानलाई समय दिने संझौता भएको छ ।’

करिनाले तैमुरलाई मानिसहरुसँग घुलमिल हुन मनपर्ने पनि बताइन् । घरमा कोही नयाँ मानिस आउँदा पनि तैमुर घुलमिल भैहाल्ने उनको भनाई छ ।