हमालको ‘सत्यम्’: नमच्चिने पिङको सय झट्का
नायक राजेश हमाललाई ५ बर्षपछि फिल्मी पर्दामा कमब्याक गराउने तयारी गरिएको फिल्म ‘सत्यम्’को चर्चा यो बर्ष खुबै भयो । फिल्म बनाउने भनेर निर्माताले कलाकारको पारिश्रमिक, सेट डिजाइन र दौडधुपमा लाखौ खर्च गरे । निर्माताको ५० लाख भन्दा बढी खर्च भैसक्दा फिल्म भने नबन्ने पक्का जस्तै भएको छ ।
फिल्मका निर्माता रेशम सापकोटा पनि अचेल बोल्न छाडेका छन् । निर्देशक शंकर कार्की पनि चुपचाप छन् । फिल्मका कलाकारहरुले पनि धमाधम फिल्म छाडिसकेका छन् ।
फिल्ममा राजेश हमाल, पल शाह, अनुप विक्रम शाही लगायतका कलाकार फाइनल भएका थिए । नायिका मलिका महतले फिल्म छाडेपछि अर्की नायिका उपासना सिंह ठकुरी महंगो रकम लिएर फिल्ममा भित्रिएकी थिइन् ।
तर, पोखराको भव्य सेटमा क्लाइमेक्स खिचिने भन्दै चर्चा गरिएको र ८ करोड बजेटमा बनाउने भनेर हल्ला गरिएको फिल्म नबन्ने भएको छ । नायक राजेश हमालले फिल्म केही समय पछि बन्ने कुरा गरेपनि यो फिल्म नबन्ने लगभग पक्का छ ।
‘सत्यम्’ फिल्म नेपाली फिल्मका लागि ‘नमच्चिने पिङको सय झट्का’ जस्तो भएको छ ।
प्रतिक्रिया