‘कोडा’ले जित्यो अस्कर अवार्ड
२३ विधामा प्रदान गरिएको विश्वकै चर्चित फिल्म पुरस्कार ‘अस्कर अवार्ड’मा ‘कोडा’ उत्कृष्ट फिल्म घोषित भएको छ । एप्पल फिल्मस्ले निर्माण गरेको यो फिल्मले अस्कर ९४ औं श्रृङ्खलामा उत्कृष्ट फिल्मको अवार्ड जित्दै गर्दा ‘ड्यून’ फिल्मले विभिन्न ६ विधामा अवार्ड प्राप्त गरेको छ । क्याम्पेनले फिल्म ‘द पावर अफ दी डग’बाट उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरिन् ।
जापानमा तयार भएको फिल्म ‘ड्राइभ माई कार’ले अन्तरराष्ट्रिय फिचर फिल्ममा अवार्ड जितेको छ । १४ बर्षपछि जापानले विश्वकै चर्चित पुरस्कार घर भित्राएको हो ।
अस्कर अवार्डमा विश्वका चर्चित सेलिब्रिटीहरुको उपस्थिती थियो । वियोन्से, बाइल्सी एलिस, फिनिस, रेबा म्याकइन्टाएर जस्ता विश्वका चर्चित गायिकाहरु स्टेजमा देखिए । यो बर्ष नेटफिल्क्सले तयार पारेको फिल्म ‘द पावर अफ दी डग’ विभिन्न १२ विधामा मनोनयनमा परेको थियो ।
अस्कर अवार्डका विभिन्न २३ विधामा अवार्ड जित्न सफल फिल्म र फिल्मीकर्मीको नाम यसप्रकार छः
फिल्म : कोडा
निर्देशक : जेनी क्याम्पियन (द पावर अफ द डग)
अभिनेत्री : जेसिका चेस्टेइन (द आइज अफ ट्यामी फेइ)
अभिनेता : विल स्मिथ (किङ रिचर्ड)
सह-अभिनेत्री : एरियाना डिबोस (द वेस्ट साइड स्टोरी)
सह-अभिनेता : ट्रोइ कोत्सर (कोडा)
कस्ट्युम डिजाइन : क्रुएला (जेन्नी विभान)
ध्वनी : ड्युन
ओरजिनल स्कोर : ड्युन (हान्स जिमर)
एडप्टेड स्क्रिननप्ले : सायन हेडेर (कोडा)
ओरजिनल स्क्रिननप्ले : केनेथ ब्रानग (बेलफास्ट)
एनिमेटेड सर्ट : द वाइन्डसिड वाइपर
लाइभ एक्सन सर्ट : द लङ गुडबाइ
सम्पादन : ड्युन (जोए वाकर)
मेकअप एन्ड हेयरस्टाइलिङ : द आइज अफ ट्याम्मी फे
एनिमेटेड फिचर : एनकान्टो
डकुमेन्ट्री फिचर : समर अफ सउल
डकुमेन्ट्री सर्ट : द क्वीन अफ बास्केटबल
ओरजिनल सङ : नो टाइम टु डाइ (बिल्ली एलिस र फिनेस ओ कनेल)
छायांकन : ड्युन (ग्रेड फेइजर)
अन्तर्राष्ट्रिय फिचर : ड्राइभ माइ कार (जापान)
प्रोडक्सन डिजाइन : ड्युन
भिजुअल इफेक्ट :मनो ड्युन
प्रतिक्रिया