जती मिहिनेत गर्दा पनि नचलेपछि एलिजाले के गरुन् र खै ?

नेपाली फिल्ममा चल्नका लागि लक पनि लाग्नपर्छ भनिन्छ । लक लागेन भने जती गर्दा पनि नहुने रहेछ भनेर धेरै कलाकारले वुझेका छन् । मिहिनेत गर्दा गर्दै पनि कतिपयलाई त दर्शकले निक्कै हल्का रुपमा पो लिइदिन्छन् । जस्तो, अभिनेत्री एलिजा गौतमलाई नै हेर्न सकिन्छ ।

एलिजालाई फिल्ममा त लक लागेको नै छैन । पति ऋषि धमलाले निर्माता खोजेर ल्याएर फिल्म बनाउन तम्सिए पनि फिल्म बन्दैन । ‘घुइँचो’ फिल्ममा काम गर्ने भनेर एलिजा मख्ख थिइन् । कुन्साङ बोम्जमले फिल्म साइन पनि गरे । तर, अब यो फिल्म बन्ने नै टुंगो छैन । ऋषिले निर्माता खोज्दै प्राइम टीभीको अफिसमा मिटिङ राखेपनि काम अगाडि बढ्न सकेको छैन ।

एलिजा आफूलाई ‘घ’ शब्द नै नफापेको हो कि भन्ने सोचमा छिन् । ‘घिन्ताङ’ भन्ने फिल्म साइन गरेर पनि छाडेकी थिइन् उनले । म्युजिक भिडियोमा ठिकठाक चलेकी छिन् एलिजा । तर, प्रश्न गर्नेले ऋषि धमला भन्दा बाहिरको प्रश्न नै गर्दैनन् ।

हट बन्दा पनि ऋषिले के भने, अभिनय गर्दा पनि ऋषिले के भने । यस्तै यस्तै प्रश्नले उनलाई विरक्त बनाइदिएको छ । एलिजा फिल्मको पर्दामा कम ट्रोल ग्रुप र कमेडी शोका बिषयमा बढी चलेकी छिन् । जती गर्दा पनि नचलेपनि कसको के लाग्ने रहेछ र ?