पल पुर्पक्षका लागि थुनामा, म्यानेजर एक लाख धरौटीमा रिहा

जिल्ला अदालत तनहुँले नाबालिग बलात्कारको अभियोगमा नायक पल शाहलाई थुनामा पठाउने आदेश दिएको छ ।

तनहुँ जिल्ला अदालतले अभियुक्त शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । बुधबार र बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले पललाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

जिल्ला अदालत तनहुँका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए अनुसार तत्काल प्राप्त प्रमाणबाट आरोपी कसूरदार देखिएको भन्दै अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । उनका म्यानेजर कृष्ण जोशीको नाममा एक लाख धरौटी निस्किएको छ।

मतियारका रुपमा मुद्दा दायर गरिएका पल शाहका म्यानेजर कृष्ण जोशीसँग भने एक लाख रुपैयाँ धरौटी माग गरिएको हो ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाले एकल इजलासले तत्काल प्राप्त प्रमाणको आधारमा पल निर्दोष हुन् भन्न सक्ने आधार नदेखिएकाले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने र मतियारको रहेको अभियोग लागेका जोशीको हकमा एक लाख धरौटी लिएर छाड्न आदेश दिएका हुन्।

अदालतको आदेशबाटै पललाई जिल्ला कारागार तनहुँमा पुर्पक्षका लागि थुनामा पठाइएको छ ।