उपासना अभागी कि भाग्यमानी ?

नायिका उपासना सिंह ठकुरीलाई अभागी भन्ने हो भने उनको हातमा फिल्मको लाइन नै छ । यदि, उनलाई भाग्यमानी मान्ने हो भने उनले साइन गरेका फिल्मको काम सुरु नै भएको छैन । यसैले, उपासना आफू भाग्यमानी हो कि अभागी भन्नेमा नै दोधारमा छिन् ।

उपासनाले काम गरेको फिल्म ‘डिसेम्बर फल्स’को ७५ प्रतिशत काम सकिएको छ । तर, बाँकी काम सुरु गर्न निर्देशकले सकेका छन् । अझै काम सक्ने महंगो रकम चाहिने भएपछि निर्माताले काम अगाडि बढाउन नसकेका हुन् ।
आर्यन सिग्देलसँग उपासनाले काम गरेको यो फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।

यस्तै, उपासनाले साइन गरेको अर्को फिल्म ‘सत्यम्’ पनि नबन्ने पक्का छ । यो फिल्म मलिका महत्तले छाडेपछि उपासनाले साइन गरेकी थिइन् । तर, फिल्म अब अगाडि बढ्छ भन्ने कुरामा यसको टिम नै विश्वस्त छैन ।

उपासनाले फिल्म ‘मिरर’मा पनि काम गर्न लागेको चर्चा थियो । तर, यो फिल्मको पनि काम अगाडि बढ्न सकेको छैन । उनै, उपासनाले सोमबार फिल्म ‘२ नम्बरी’ साइन गरिन् । यो फिल्मको काम भने अगाडि बढ्न लागेकोमा उनी खुशी छिन् ।

‘क्याप्टेन र कबड्डी कबड्डी कबड्डी’मा काम गरेपछि उपासनाको माग फिल्म क्षेत्रमा ह्वात्तै बढेको थियो । तर, यसपछि भने काम गर्न तयार भएका फिल्मको छायांकन सुरु नहुँदा र कतिपयको काम विचमै रोकिदा उपासनालाई समस्या परेको छ ।