जसितालाई भूवनले हेरेको हेर्यै बनाइदिएका हुन् त ?

फिल्म बजारले कसैलाई पनि पर्खदैन । यो आफ्नै गतीमा अगाडि बढ्छ । जसले यसको गतीलाई समात्न सक्दैन, त्यो पछि पर्ने निश्चित छ । नायिका जसिता गुरुङले नयाँ फिल्म ‘आई एम ट्वान्टी वान’मा काम गरिन् । यो उनको करिअरको तेश्रो फिल्म हो । यो फिल्ममा काम गरेपछि जसिताले अन्य फिल्म साइन गरेकी छैनन् ।

जसितालाई लकडाउन अगाडि नै निर्माता भूवन केसीले फिल्म ‘एन्टी हिरो’का लागि नायक अनमोल केसीको अपोजिटमा साइन गराएका थिए । तर, यो फिल्म अब नबन्ने देखिन्छ ।

जसिताले पनि अनमोलसँग पर्दा शेयर गर्न पाउँदा खुशी नै व्यक्त गरेकी थिइन् । भूवनले छायांकन सार्दा सार्दा आजसम्म यसको काम सुरु हुन सकेको छैन । बरु, भूवनले यो फिल्मपछि ‘पारस र माइतीघर २’ बनाउने घोषणा गरे । तर, यी फिल्म पनि के हुन्छन् भन्न सकिने अवस्था छैन ।

जसिता भूवन र अनमोलको फिल्म भनेर कुर्ने, यता अनमोल बाहिरी ब्यानरको फिल्म गर्नमा व्यस्त हुने । अब, जसितालाई भूवनले हेरेको हेर्यै बनाए भन्ने त होला । कि भूवनले जसितालाई आफ्नै ब्यानरको कुनै फिल्ममा काम गराएर ‘एन्टी हिरो’मा गरेको वाचा पुरा गर्छन् ? प्रतिक्षा गरौ ।