सौगात मल्लको आलोकाँचो जवाफ

नायक सौगात मल्ल कम बोल्छन् । उनलाई सोधिने प्रश्न भन्दा उनले दिने जवाफ छोटो हुन्छ । तर, नायिका श्रृष्टी श्रेष्ठसँग प्रेममा रहेपछि भने उनको बोली फेरिएको छ । उनी लामो बोल्छन् र रमाइलो कुरा पनि गर्छन् ।

तर, आइतबार आयोजना भएको फिल्म ‘मन्त्र’को ट्रेलर रिलिजमा भने सौगातको जवाफ आलोकाँचो सुनियो । सौगातलाई पत्रकारले प्रश्न सोधे, ‘प्रेममा सफल हुने मन्त्र के हो ?’ सौगातले यसका लागि फिल्म नै हेर्नुपर्छ भन्ने जवाफ दिए ।
वास्तविक जीवनमा समेत प्रेममा सफल नेपाली फिल्मका सुपरस्टारले दिने जवाफ यस्तो पक्कै होइन ।

उनको जवाफ हजारौ यूवायूवतीका लागि प्रेरणा पनि बन्न सक्छ । ‘मन्त्र’ हिट हुने ‘मन्त्र’ को हो त भन्ने प्रश्नमा उनले जवाफ दिए, यसका लागि पनि फिल्म नै हेर्नुपर्छ ।

फिल्मको कार्यक्रममा सौगात जत्तीको नायकले यस्तो जवाफ दिएर अब सुख पाइएला र ? पक्कै पनि सौगातबाट दर्शकले गहन जवाफको खोजी गरेका छन् ।