‘काश्मिर फाइल्स’को सुनामीले अक्षयको ‘बच्चन पाण्डे’लाई धक्का
बलिउडका सुपरस्टार नायक अक्षय कुमार र नायिका कृती सेननको मुख्य भूमिका रहेको फिल्म ‘बच्चन पाण्डे’ शुक्रबारदेखि रिलिज भयो । शुक्रबार १३.२५ करोडको व्यापार गरेको फिल्मले शनिबार चमत्कारिक व्यापार गर्न सकेन । शनिबार पनि फिल्मको व्यापार १३ करोडको आसपासमा नै छ ।
आखिर, फिल्मको व्यापारमा कुनै चमत्कार नहुनुको कारण के त ? मुख्यतया फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् । साउथको रिमेक फिल्मको रुपमा तयार यो फिल्मलाई दर्शकले हेरेर मनोरञ्जन लिइरहेका छन् । तर, यो फिल्मलाई बक्स अफिसमा धक्का दिने काम ‘द काश्मिर फाइल्स’ले गरेको हो ।
दोश्रो सातामा झनै धेरै कमाई गर्दै व्यापारमा चमत्कार नै गरेको यो फिल्मका कारण अक्षयको स्टारडम पनि ओझेलमा परेको छ । दोश्रो साताको शनिबार यो फिल्मले २४.८० करोडको व्यापार गरेको छ । फिल्मको व्यापार ९ दिनमा १४१ करोड पुगेको छ ।
फ्रेस रिलिज ‘बच्चन पाण्डे’को भन्दा दोश्रो सातामा रिलिज भैरहेको ‘काश्मिर फाइल्स्’को व्यापार डबल छ । जसकाकारण, बक्स अफिसमा अक्षयलाई ठूलो घाटा लागेको छ ।
प्रतिक्रिया