दशैंमा अरुले फिल्म घोषणा गर्दा दीपक–दीपाको प्रचार नै सुरु
फिल्मको मार्केटिङ कसरी गर्ने भनेर कसैले कलाकार दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला र कलाकार केदार घिमिरेबाट सिक्न आवश्यक छ । दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ फिल्म ‘छक्का पन्जा ४’को छायांकन पनि सुरु गरेका छैनन् ।
तर, यो फिल्मको लागि तयार पारिएको ट्रेलर हलमा बज्न थालेको महिनौ भैसक्यो । जब, भारत र नेपालका ठूला फिल्म हलमा लाग्छन् तब हलमा यो फिल्मको म्युजिक भिडियोबाट जोडिएको ट्रेलर बज्न सुरु हुन्छ । उनीहरु, दर्शकलाई ‘छक्का पन्जा ४’ आउँदैछ भनेर दिमागमा राख्न सफल छन् ।
दीपक र दीपाले मार्केटिङको यस्तो शैली अपनाइरहँदा आउँदो बर्षको दशैंलाई भने ‘परदेशी २, हनी बनी’ रिलिज गर्ने भन्दै निर्माताले मिति तोकेका छन् । यी दुइको प्रदर्शन मिति तय गर्दै निर्माता सुस्ताएको समयमा दीपक दीपा भने आफ्नै शैलीबाट प्रचार गरिरहेका छन् ।
हिन्दी फिल्म ‘बच्चन पाण्डे र काश्मिर फाइल्स’मा पनि यो फिल्मको भिडियोबाट जोडेर तयार पारिएको ट्रेलर बजिरहेको छ ।
प्रतिक्रिया