वर्षा भन्दा अदिती पनि के कम ?

सामाजिक संजाल इन्स्टाग्राम हेर्ने हो भने नेपाली फिल्मका नायिकाहरुलाई गर्मीले नराम्रोसँग पिरोलेको थाहा पाउन सकिन्छ । नायिका वर्षा सिवाकोटीले सामाजिक संजालमा विकिनी फोटो राखेर चर्चा पाइरहेको समयमा अर्की नायिका अदिती वुढाथोकीको त कुरा वेग्लै छ । अदितीको सामाजिक संजालमा विकिनी नलगाएका तस्वीर कम भेटिन्छन् ।

फिल्म ‘बाबरी’को छायांकन सकेर मुम्बई पुगेकी अदिती सेतो रंगको विकिनीमा विन्दास देखिएकी छिन् । फिल्मको पर्दामा यस्तो छवि देखाउन नपाएपनि अदितीले सामाजिक संजालमा भने दैनिक नै बोल्ड फोटो पोष्ट गर्ने गरेकी छिन् ।
त्रिकोणात्मक प्रेम कथामा बनेको ‘बाबरी’ भदौको ३१ गतेबाट रिलिज हुँदैछ ।

यो फिल्मको रिलिजका लागि मात्र अदिती नेपाल आउनेछिन् । त्यो अघि उनी दुबई त कहिले मुम्बईमा बिन्दास देखिन्छिन् । हुनत, वर्षा भन्दा अदिती विकिनीमा बढी रमाउँछिन् । तर, यसपटक त २ नायिकाको प्रतिस्पर्धा नै देखिएको छ ।