डिभोर्सबारे बोले आमिर खान, अझै पनि किरनलाई माया
बलिउडका परफेक्शनिस्ट आमिर खानले धेरै उत्कृष्ट फिल्ममा काम गरेका छन् तर उनी आफ्नो व्यक्तिगत जीवनका कारण पनि चर्चामा छन् ।
सम्बन्ध विच्छेदको ८ महिनापछि हालै एक अन्तर्वार्तामा आफ्नो सम्बन्धको बारेमा कुराकानी गरेका छन् । सम्बन्धविच्छेदको खबर आएपछि सामाजिक सञ्जालमा आमिर कसैसँग सम्बन्धमा रहेको हल्ला चल्न थाल्यो । जसका कारण उनले किरण रावसँग डिभोर्स लिएकोबारे चर्चा चल्यो ।
केही समयअघि मात्र आमिर र किरण रावले आफ्नो १५ वर्षे वैवाहिक जीवनलाई तोड्ने निर्णय गरेका थिए । दुई जनाको सम्बन्ध विच्छेदको विषय प्रकाशमा आएपछि आमिरले अरूसँग सम्बन्ध राखेको हल्ला फैलिएको थियो ।
जब आमिरलाई सोधिएको थियो कि किरणसँग उनको सम्बन्ध विच्छेदको कारण उनी नयाँ सम्बन्धमा थिए ? आमिरले भने कि त्यतिबेला कुनै पनि थिएन र अहिले पनि छैन। उनले आफ्नो व्यक्तिगत जीवनका बारेमा फैलिएका हल्लाका बारेमा पनि स्पष्टीकरण दिएका छन् ।
आमिरले रीना दत्तसँग डिभोर्सको विषयमा पनि कुरा गरे र किरणकै कारणले रीना दत्तसँग सम्बन्धविच्छेद नभएको बताए । रीनासँग अलग हुँदा उनको जीवनमा कोही थिएन । साथै उनले किरणलाई आफूले पहिलेदेखि नै चिनेको तर रीनासँग सम्बन्धविच्छेद भएको लामो समयपछि दुवै जना साथी बनेको बताए ।
‘हामी सुखी परिवार जस्तै बाँचिरहेका छौं’
आमिर खानले भने, “परिवारका रूपमा हामीले केही डिस्कस गरिरहेको हुँदा म कतै न कतै हराएको हुने कुरा वहाँले मलाई बताउने गर्नुहुन्थ्यो । उहाँले मलाई म अर्कै व्यक्ति भएको भन्नुहुन्थ्यो । यसपछि किरण जीले मलाई भयो कि म तपाईं परिवर्तन होस् भन्ने चाहन्न किनभने यदि तपाईं परिवर्तन हुनुभयो भने तपाईं मैले माया गरेको मान्छे रहनु हुने छैन। म तपाईंको मन र व्यक्तित्वलाई प्रेम गर्छु, त्यसैले म चाहन्न कि तपाईं कहिल्यै परिवर्तन होस् । तर अहिले किरणजीले ७ वर्षअघि भनेको कुरा सम्झिदा, आज म भन्छु, गत ६-७ महिनामा मैले आफूमा धेरै परिवर्तन देखेको छु । ”
के यही कारण आमिरलाई सम्बन्ध विच्छेद भयो कि भनेर सोध्दा उनले भने, “किरण जी र म एकअर्कालाई धेरै माया गर्छौँ। हामी एकअर्काप्रति धेरै आदर र स्नेह गर्छौँ । अनि मैले बुझेँ कि मानिसहरूले हाम्रो समीकरण बुझ्दैनन्। मानिसहरूलाई बुझ्न गाह्रो छ। यसो हुनुको कारण के हो भने अक्सर हामी विवाहितहरूबीच त्यस्तो बन्धन देख्दैनौँ ।
डिभोर्सबारे आमिरले भने, ‘हामी एकअर्कालाई परिवारको सदस्य मान्छौं । चाहे किरण जी होस वा उनका आमा–बुबा अथवा उनका भाई । उनको बहिनी र मेरो परिवार हामी सबै परिवार हौं । पती–पत्नीको रुपमा हाम्रो सम्बन्ध बद्लिएन । हामी विवाह जस्तो पवित्र बन्धनलाई सम्मान दिन चाहन्थ्यौं । हामी एकअर्काको हात समाएर अघि बढ्ने छौं । हामी सँगै काम गरिरहेका छौं । हामीहरुले पानी फाउण्डेशनलाई पनि सहयोग गरिरहेका छौं । उनी म बस्ने भवनकै माथिल्लो तलामा बस्छिन् ।’
जुलाई २०२१ मा, आमिर र किरणले संयुक्त वक्तव्यमा भनेका थिए, ‘यी १५ सुन्दर वर्षहरूमा सँगै हामीले जीवनभरका अनुभव, आनन्द र हाँसो साझा गरेका छौं र हाम्रो सम्बन्ध केवल विश्वास, सम्मान र प्रेममा बढेको छ।
अब हामी हाम्रो जीवनको नयाँ अध्याय सुरु गर्न चाहन्छौं। अब हामी यहाँ श्रीमान्श्री-मतीको रूपमा होइन, तर सह-अभिभावक र परिवारको रूपमा छौं। हामी केही समयदेखि अलग्गै बस्दै आएका थियौं र छुट्टै बस्दा पनि सुखी परिवारको रुपमा बसेका छौं ।’
फातिमा सना शेखसँग जोडिएको नाम
कुनै समय आमिरले पहिले फिल्ममा सँगै अभिनय गरेको आफ्नै सहकर्मी अभिनेत्रीसँग तेस्रो बिहे गर्ने चर्को हल्ला चलेको थियो। उनको र किरणको सम्बन्ध-विच्छेदपछि सामाजिक सञ्जालमा आमिरको फिल्म ‘दंगल’ की अभिनेत्री फातिमा साना शैखको नाम ट्रेन्डिङमा आएको थियो। प्रशंसकहरुले फातिमाकै कारण आमिर र किरण छुटिएको हुन सक्ने अनुमान लगाएका थिए।
आमिर खानले किरण रावसँग सम्बन्धविच्छेद गरेदेखि नै अभिनेताको नाम प्रायः फातिमा सना शेखसँग जोडिएको छ। तर, शेखले यी खबरलाई अस्वीकार गरेकी छन् । अभिनेत्रीले धेरै पटक प्रयोगकर्ताहरूमाथि आफ्नो रिस पोखेकी छिन् र भनिन्, ‘मानिसहरूले उनलाई अनावश्यक रूपमा टार्गेट गरिरहेका छन्, जबकि उनको आमिरको व्यक्तिगत जीवनसँग कुनै सरोकार छैन। तर मानिसहरूले उनीहरूमाथि आक्रमण गर्ने कुनै मौका छोड्दैनन्।’
आमिर उनलाई राम्रो अभिनेत्रीमध्ये मान्छन् र यता फातिमा भने आमिरलाई आफ्नो गुरु मान्छिन्। उनीहरुले ‘ठग्स अफ हिन्दुस्तान’ फिल्ममा पनि सँगै अभिनय गरेका थिए।
आमिरले यो सबै हल्ला भएको बताएका छन्। फातिमा आमिर खानसँग फिल्म ‘दंगल’ र ‘ठग्स अफ हिन्दोस्तान’मा देखिएकी थिइन् ।
अझै पनि किरनलाई माया
उनले अझै पनि किरनलाई माया गर्ने र आफूहरू सँगै काम गर्ने जिकिर गरे।
‘पति-पत्नीको हैसियतमा हाम्रो सम्बन्ध परिवर्तन भएको छ तर हामी विवाहजस्तो पवित्र बन्धनलाई सम्मान गर्न चाहन्थ्यौं। हामी एक अर्काको हात समातेर अगाडि बढ्नेछौं। हामी सँगै काम गर्दैछौं। हामी पानी फाउण्डेशनमा पनि सहकार्य गर्दैछौं। उहाँ म बसेको त्यही भवनमा तल्लो तलामा बस्नुहुन्छ।’
यस्तै आमिर खानले पहिलो पत्नी रीना दत्तासँग विवाह टुट्नुको कारण किरण राव नभएकोसमेत स्पष्ट पारेका छन्। आमिरले रीनासँग सम्बन्ध विच्छेद गर्ने समयमा उनको जीवनमा कोही नभएको दाबी गरे।
आमिर खानले सन् २००५ मा किरण रावसँग विवाह गरेका थिए, सन् २००२ मा आफ्नी प्रथम पत्नी रीना दत्तासँग डिभोर्स गरेको ३ वर्षपछि। जेठी श्रीमती रीनाबाट आमिरका दुई सन्तान जुनेद र आइरा खान छन् । यसैगरी सन् २०११ मा आमिर र किरण रावले सरोगेसीमार्फत छोरा आजाद राव खानलाई स्वागत गरेका थिए । २०२१ जुलाईमा आमिर र किरणले अलग हुने निर्णय गरेका थिए ।
अहिले आमिर र किरण सम्बन्ध-विच्छेद पछि पनि खुसी देखिन्छन्। उनीहरु आफ्ना छोरा आजादका लागि भने सँगै समय मिलाइरहेका छन्।
प्रतिक्रिया