फिल्म नपाएर आहात भएकी वर्षालाई बल्ल राहत
अभिनेत्री वर्षा राउत बल्ल राहतको श्वास फेर्दैछिन् । नफेरुन् पनि किन, अरु अभिनेत्रीहरु लगातार फिल्मको काम गरिरहेको समयमा उनलाई त अफर नै आएको थिएन । फिल्म ‘जात्रा’ चलेको २ महिनापछि फिल्म ‘के घर के डेरा’ र ‘२ नम्बरी’ साइन गरेकी वर्षा कोरोनाका कारण घरमै बसिन् । त्यसमाथि विवादित बयानले तनाव भयो ।
तर, अब भने उनलाई राहत हुन थालेको छ । वर्षालाई २ बर्षपछि फिल्म ‘लाखे’मा अफर आयो र उनले काम गरिन् । यो फिल्मको छायांकन सकिएको केही समयपछि नै उनी ‘२ नम्बरी’ नामक फिल्ममा काम गर्दैछिन् । फिल्मको छायांकन चैत्रको १५ गतेबाट सुरु हुँदैछ ।
लगातार २ वटा फिल्ममा त्यो पनि ३ बर्षपछि काम गर्न पाउँदा वर्षालाई जस्तो राहत अरु कसैलाई भयो होला त ?
प्रतिक्रिया