बोल्ड ड्रेसमा ट्रोल भएपछि आक्रोशित सामन्था
साउथकी चर्चित नायिका सामन्था रुथ प्रभु सामाजिक संजालमा निक्कै नै सक्रिय छिन् । सामन्था केही दिन अगाडि मुम्बई आएकी थिइन् । सो समयमा उनले नायक बरुण धवनसँग केही तस्वीर खिचाइन् । एक अवार्ड समारोहमा सहभागी हुन पुगेकी सामन्थाको पहिरन निक्कै हट थियो । क्लिभेज स्पष्ट देखिने गरि खुलेको उनको पहिरनले सामाजिक संजाल र मिडियामा खुबै स्थान पायो ।
सामन्थाले केही तस्वीर सामाजिक संजालमा पनि शेयर गरिन् । तस्वीरलाई लिएर ट्विटर प्रयोगकर्ताहरुले भद्दा प्रतिक्रिया दिएका छन् । यसबाट आक्रोशित सामन्थाले जवाफ समेत दिएकी छिन् ।
सामन्थाले लेखेकी छिन्–‘एक महिला भएको नाताले मलाई जुन शिक्षा मिलेको छ, आखिर निर्णायक हुनु भनेको के हो ? हामी महिलाहरुलाई कपडा, रंग, पढाई, समाजमा स्थान, व्यक्तित्व, शरीरको कलर जस्ता चिजमा जज गर्नेहरु धेरै छन् । यो सूची बढ्दै जान्छ । कोही महिलालाई उसको पहिरनलाई लिएर प्रतिक्रिया दिन सहज हुन्छ, जुन हामी गर्छौ ।’
सामन्थाले अगाडि लेखेकी छिन्–‘हामी २०२२ मा छौं भने महिलाहरुलाई हेमलाइन्स र नेकलाइन्सको आधारमा जज गर्ने काम बन्द गर्न सक्दैनौं ? अनी, हामी आफैलाई सुधार्नतर्फ लाग्न सक्दैनौं ? आफ्नो आदर्शलाई अरु कोहीमाथि थुपारेर कसैको पनि भलाई हुँदैन । आउनुहोस्, हामी कुनै पनि व्यक्तिलाई संझने र उसलाई मापन गर्ने तरिका विस्तारै लेख्दै जाउ ।’
सामन्थाले अहिलेको यूगमा पनि महिलाले लगाउने पहिरनबाट उसको मुल्यांकन गर्नु गलत भएको तर्क गरेकी छिन् ।
प्रतिक्रिया