कम बोल्ने मधुलाई सन्तानको प्रश्नले हैरानी
नायक राजेश हमाल र उनकी धर्मपत्नी मधु भट्टराई सार्वजनिक कार्यक्रममा निक्कै कम देखिन्छन् । अझ, चलचित्र वा गीतसंगीतका कार्यक्रममा त उनीहरु एकसाथ पुगेको हेर्न मिडियाका लागि दुर्लभ नै हुन्छ । शुक्रबार आयोजना गरिएको एक गीत सार्वजनिक कार्यक्रममा भने हमाल र मधु एकसाथ देखिए । हमालको स्वरमा समावेश ‘गाउँले ठिटो’ बोलको गीत रिलिज कार्यक्रम भएकाले पनि मधु पुगेकी थिइन् ।
राजेश हमाल मात्र पुग्दा त मिडियाकर्मीले सन्तान कहिले जन्माउने भनेर प्रश्न गर्ने गर्छन् । अब, मधुलाई नै पाएपछि यो प्रश्न नउठ्ने कुरै भएन । हमालले त बारम्बार सन्तानको बिषयमा जवाफ दिदै आएका छन् । उनले कोशिश जारी छ भनेर दिएको जवाफ सामाजिक संजालमा पनि चर्चामा छ ।
तर मधु भने यो प्रश्नले लजाइन् । उनले, अब चाडै हुन्छ भन्दै जवाफ दिइन् । कार्यक्रममा मिडियाकर्मीको अगाडि जवाफ दिदै गर्दा मधु लजाएकी थिइन् । हमालले पनि पत्रकारका प्रश्नको जवाफ सकेसम्म आफै दिदै आएका थिए । तर, यसपटक भने सन्तानको प्रश्नको जवाफ नदिई मधुलाई सुखै भएन ।
हमालले कोशिश जारी छ भनिरहने अनी मधुले चाडै हुन्छ भन्ने जवाफ दिनुले, के हमाल परिवारमा नयाँ सदस्य आउने तयारी त भैरहेको छैन भन्ने कौतुहलता उनीहरुको शुभचिन्तकलाई हुनु स्वभाविक हुन सक्छ ।
प्रतिक्रिया